विद्युतीय धरापमा परी झापामा १ जनाकाे ज्यन गयाे

झापा : झापामा जंगली हात्ती निय’न्त्रणका लागि राखिएको विद्युतीय धरा’पमा परी एक जनाकाे ज्या गएको छ । जंगली हात्तिलाई थापेकाे विद्युतीय धरापमा परी मेचीनगर नगरपालिका–९ स्थित माथिल्लो मागुरमाडीकी ६० वर्षीया गङ्गा थपलियाकाे ज्यान गएकाे हाे ।

जंगली हात्तिका लागि ध’राप बनाएकाे विद्युतमा क’रेन्ट लागेर थपलिएकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार आफ्नै घरको पछाडिपट्टीको खेतबारीमा जंगली हात्ती निय’न्त्रणका लागि राखिएको विद्युतीय धरा’पमा परी थपलियालाई बिहीबार राति क’रेन्ट लागेको थियो । क’रेन्ट लागेपछि घट’नास्थलमै मृ’त्यु भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। वृद्धाको शवलाई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याइएको छ।

सम्बन्धित खवर

Back to top button