चितवनमा क’रेन्ट लागेर १ जनाको मृ’त्यु

चितवन, १ भदौ : भरतपुर महानगरपालिका–११, अमनचोकमा शनिबार साँझ क’रेन्ट लागेर १ जनाको ज्यान गएको छ ।
पर्सा पोखरीया नगरपालिका–३ स्थायी घर भएका ३१ वर्षीय अनरजित मुखियाको क’रेन्ट लागेर ज्यान गएको हाे ।

प्रहरीका अनुसार पानी तान्ने मोटरबाट चुहिएको क’रेन्ट लागेर मुखिया घा’इते भएका थिए । घा’इते उनलाई भरतपुर अस्पताल लगिएकोमा त्यही उपचारका क्रममा मृ’त्यु भएको हो ।

उनी भरतपुरमा मजदुरी गर्दै आइरहेका थिए । मुखियाको शव परी’क्षणका लागि अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

सम्बन्धित खवर

Back to top button