प्रहरीले दादा गिरी शैलिमा डोजर चलायो ,

भाद्र २, कोहलुर नगर नगरपालिका ,ब्यापार सघं र स्थानिय केही ब्यतिmहरुको योजनामा आज कोहलपुर प्रहरीले नगर क्षेत्रका बर्षौ देखि चल्दै आएका घुम्ती पसल तथा टहराहरुमा डोजर लगाएर ध्वस्त पारेको छ । करिब ५ बजे बेलुका तिर डोजर सहितको प्रहरी टोलिले यथा स्थानमा ब्यापार गरिरहेकै अवस्थामा दादा गिरी शैलिले जर्बजस्त घर तथा टहराहरु भत्काएको स्थानिय चक्र बहादुर बुढाले बताएका छन । श्रोतका अनुसार नगर पालिकाले केहि दिन अघि सार्बजनिक सुचना प्रकाशन गरी उतmक्षेत्र भित्रका घर टहरा खालि गर्न निर्देशन दिएको थयिो । नगर पालिकाले गरेको यस्तो कार्यले गरिबहरुको उठिबास भएको र धनिको सम्पन्नताका लागि गरबिको रोजिराटीमा निर्ममता पुर्बक धरपपकड गरि झन्डै ५० लाख बाराबरको धनमालमा क्षेतिपुगेको, केहीको बस्ने बास स्थान सम्मा यहि भयकाले सडकमै बस्नपर्ने बाध्यता भएको पिडितले बताएका छन । बृद्घ शुकमाया कार्कीलाइ प्रहरीले घुम्तीमा बसेको अवस्थामा आफु संगै घुम्ती पल्टाइदिएको र घुम्तीले पछाडी पालिएका कुखुरा सहित किचिएको पनि बताइएकी छन, ब्यबस्थापन गर्ने समय नैे नदिएर गरिबहरुको भावना बिपरित ज्यादति गरेको आरोप पिडीतहरुले लगाएका छन , प्रतिनिधि यमु कडेलका अनुसार रोजिना रावत ,सिता ढकाल,देवी परियार ,नरेश बोहोरा लगायतको पसल लाखौ मुल्य बराबरको सामानहरु नष्ट भएको छ । पिडितहरुले भोलिदेखि शसतm आन्दोलन गर्ने तथा आफुहरुले उचित क्षेतिपुर्ति नपाउदा सम्म आन्दोलन जारी राख्ने पिडित अुवा चक्र बहादुर बि.सीले बताएका छन । नगर पािलकाले यस बिषयमा केहि प्रतिक्रिया दिएको छैन ।

सम्बन्धित खवर

Back to top button