साढे ४ लाखको सुपारी दिएर श्रीमानको ह’त्या

जनकपुरधाम : महोत्तरीकी एक महिलाले आफ्नै श्रीमानको ह’त्या गराउन पेशेवर अप’राधीलाई साढे ४ लाख रुपैयाँ दिएको खुलेको छ ।महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडाका ३६ बर्षीय सरोज भनिने श्रवण थापाको ह’त्याका लागि श्रीमती पूजाले पेशेवर अप’राधीलाई साढे ४ लाख रुपैयाँ दिएको प्रहरीले पत्ता लगाएको हो ।

गत असार ३१ गते श्रवणको ह’त्या गरेको अवस्थामा बीपी राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका–३, मूर्तिपार्क नजिकै श’व फेला परेको थियो । इलाका प्रहरी कार्यालय, बर्दिबासका प्रमुख डीएसपी निशान थापाले पूजाले श्रीमानकाे ह’त्या गराउन पूजाले आफ्नी बहिनीमार्फत पेशेवर अप’राधी बोलाएको खुलेको बताए ।

श्रवणको ह’त्या गर्नेहरुलाई प’क्राउ गरी सार्वजनिक गर्न शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्तरीका प्रहरी प्रमुख उपरीक्षक श्यामकृष्ण अधिकारीले पूजाले नै श्रवणको ह’त्या गराएको खुलेको जानकारी दिए । पूजा प’क्राउ परेपछि यसबारे थप खुल्ने प्रहरीको भनाइ छ ।

श्रवणको ह’त्यामा संलग्नको अ’भियोगमा प्रहरीले ४ जनालाई प’क्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । सर्लाहीको धनकौल गाउँपालिका ३ हरकटवाका २७ बर्षीय प्रमोद सिंह, वडा नम्बर २ का २७ बर्षीय मुकेश साह, रौतहटको गढीमाई नगरपालिका ६ बखरी टोलका ३३ बर्षीय श्रीनारायण महरा र ४६ बर्षीय टिआई सहनीलाई शुक्रबार सार्वजनिक गरिएको हो । गत असार ३१ गते श्रवणको ह’त्या गरेको अवस्थामा बीपी राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका–३, मूर्तिपार्क नजिकै शव फेला परेको थियो ।

रकमको कारण ह’त्या

फ’रार रहेकी पूजाको खोजी भइरहेको डीएसपी थापाले बताए । थापाका अनुसार श्रीमानले पूजालाई कु’टपिट, गा’लीगलौज गर्ने गरेका कारण ह’त्या गराएकी हुन् । यद्यपी रकमको बिषय पनि यससँग जोडिएको हुन सक्ने प्रहरीको आ’शंका छ ।

श्रवणको ह’त्या भएको केही दिनअघि श्रवणले आफ्नो जग्गा बिक्री गरेका थिए । उक्त रकम पूजाले आफ्नै साथमा राखेकी थिइन् । यो रकम श्रवणको हातमा नजाओस् भन्नका लागि पनि ह’त्या गरेको हुन सक्ने भन्दै प्रहरीले यसबारे अनुस’न्धान भइरहेको जनाएको छ । अनलाइन खबरबाट ।

सम्बन्धित खवर

Back to top button