जब, झुप्री भण्डारीकाे स्वर ‘भ्वाइस अफ नेपाल’मा गुञ्जियाे


काठमाडाैं : आफैभित्र गुञ्जिने एउटा आवाज ‘दि भ्वाइस अफ नेपाल’को ठूलो मञ्चमा पुग्न सफल भएको छ। सुदूरपश्चिमको अछाम मंगलसेन ६ कि झुप्री भण्डारी भ्वाइस अफ नेपालको ब्लाइन्ड अडिसन पार गर्न सफल भएकी छिन । गीतलाई आफ्नो साथी मान्ने झुप्रीले ब्लाइन्ड अडिसनमा गाएको आफैले बनाएको ठाडीभाका गीत ‘सम्झी रुना रुना’ले कोचहरुको मन मात्रै जितिनन्, चारओटै कुर्सि आफूतिर घुमाउन सफल भएकी छिन् । झुप्रिले गाएको मौलिक गीत र मौलिक आवाजको तारिफ सबै कोचहरुले गरेका छन् ।
उमेरले ३० बर्ष लागेकी झुप्री यो समयावधि ३० जुनी लागेको महसुस गर्छिन । उनलाई जिन्दगीको कुनै माया नै छैन बरु आफूलाई जन्माएकोमा बूढा बा आमाप्रति नै प्रश्न गरिरहन्छिन । झुप्रिले गाउने हरेक गीतको मूल आसयनै आफू किन बाँचिरहेकी छु भन्ने नै हुन्छ । उनले अडिसनमा गाएको गीत हेरौं । “दिन मलाई वर्षदिन जति सम्झी रुना रुना, आमाले मारिनन् किन मलाई हुना हुना”



यो गीतमा झुप्रिले आफूलाई सम्झेर रुंदा रुंदा दिनहरु बर्षदिन जस्तै लामा लाग्ने बताएकी छिन भने तल्लो हरफमा आमाले मलाई जन्मिने बित्तिकै किन मरिनन भनेर प्रश्न गरेकि छिन । यो मात्र होइन उनका हरेक गीत यस्तै मन छुने छन्, आफ्नै कथा व्यथा बोलेका छन्, आफ्नो मनमा लागेको यथार्थ बोलेका हुन्छन । एउटा सामान्य जनजीवनमा ३० बर्ष गुजारेकी झुप्री यतिबेला देशकै ठूलो सांगीतिक मञ्चमा पुगेकी छिन । आफ्नो समाजदेखि सधै दुखेसो गरिरहने उनि अब मान्छेले आफूलाई नकारात्मक दृष्टिकोणबाट नहेरुन भन्ने चाहन्छिन ।
हेर्नुहोस् भिडियो








