जब एयर हाेस्टेज हुँ भन्दै ठगी गरेकाे थाहा भयाे…

भद्रपुर : बढ्दाे टेक्नाेलाेजीसँगै समाजमा अचेल विभिन्न खालका विकृतिहरु भित्रिएका छन् । तिनै विकृतिकाे मारबाट नेपाली समाज पनि अछुत रहन सकेकाे छैन् । हाम्राे समाज ह’त्यहिं’सा, लु’टपाट, बला’त्कार, चाे’री, ड’कैती जस्ता घटनाले निकै तरङ्गित बनिरहेकाे छ । यस्तै एउटा घटना झापामा पनि घटेकाे छ ।

आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठ’गी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले प’क्राउ गरी सार्वजनिक गरेको छ । प’क्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । राईले गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसबुक एकान्ट खाेली ‘फ्रेण्ड रिक्वेस्ट’ पठाउने र आफू जेट एयरलाइन्सको एयर होस्टेजका रुपमा काम गर्दै आएकी थिइन् ।

यसरी सामाजिक सञ्जाल फेसबुककाे दु’रुपयाेग गरी ठ’गी गरेकाे भन्दै राईलाई दुई पुरुषले दिएको उजुरीको आधारमा प्रहरीले प’क्राउ गरेको हो ।

राईले बुबा अमेरिका बस्ने, आमा डाक्टर, दाजु पाइलट भएको परिचय दिई मोबाइल र मेसेन्जरमा निरन्तर कुराकानी गरेर नजिक हुने र लामो समय कुराकानी गरेपश्चात् विवाह गर्नेसम्मको प्र’लोभन दिएर विभिन्न आकस्मिक समस्या देखाई पुरुषसँग रकम मागी झु’क्याएर ठ’गी गर्ने गरेको र रकम नदिएमा आ त्म ह त्या गर्ने भनी ध’क्कीसमेत दिने गरेको उनीहरुले उ’जुरीमा उल्लेख गरेकाे प्रवक्ता श्रेष्ठले बताए । राईलाई आइतबार झापा जिल्ला अ’दालतबाट छ दिनको म्या’द थप भई जिप्रका झापाको हिरा’सतमा राखेर अनुस’न्धान गरिरहेको प्रवक्ता श्रेष्ठले बताए । उजु’रीकर्ता पुरुषको नाम भने उल्लेख गर्न नमिल्ने उनले बताए ।

उनले न’क्कली फेसबुक आइडीमा अर्काको फोटोहरू राखेकाले मेसेन्जरमा भ्वाइस कल मात्र गर्ने, सक्कली अनुहार देखिने डरले भिडियो कल नगर्ने, जेट एयरलाइन्सको एयर होस्टेजको फोटोहरू इन्स्ट्राग्रामबाट निकाली आफूले खोलेको नक्कली फेसबुक आइडीमा फोटोहरू अपलोड गरेको अनुस’न्धानमा खुलेको छ । राईलाई मुलुकी अप’राध संहिता, २०७४ को ठ’गी अप’राधअन्तर्गत कानूनी का’रवाही हुने प्रवक्ता श्रेष्ठले बताए । यद्यपी, उनलाई विद्युतीय काराेवार ऐन अनुसार पनि कारबाही हुनसक्छ ।

सम्बन्धित खवर

Back to top button