एनसेल लाभकर विवादकाे मुद्दाः ठूला करदाताकाे निर्णय सर्वाेच्चद्वारा बदर


काठमाडौं : सर्वोच्च अदालतले एनसेल लाभकर वि’वादमा ठूला करदाताको निर्णयलाई ब’दर गरिदिएको छ । ठूला करदाता कार्यालयले वैशाख ३ गते एनसेलका लागि निर्धारण गरेको ६२ अर्ब रुपैयाँ करको निर्णयलाई सर्वोच्च अ’दालतले सोमबार खा’रेज गरिदिएको हो । एनसेलले ६२ अर्बको ब’दला पुन: ठूला करदाता कार्यालयले निर्धारण गरे अनुसार तिर्नुपर्ने भएको छ ।
ठूला करदाता कार्यालयले एनसेलले सुरुदेखिको कर र ब्याज जरिवानासहित ६२ अर्ब रुपैयाँ निर्धारण गरेको थियो । तर सर्वोच्चले सुरुदेखिको नभइ थाहा पाएको मितिबाट मात्रै पुँजीगत लाभकर तिराउनुपर्ने फै’सला गरेको हो । एनसेलले आफूले ६२ अर्ब नभइ साढे १४ अर्ब रुपैयाँ मात्रै कर बुझाउन बाँकी रहेको भन्दै सर्वोच्चसम्म पुगेकाे थियो। एनसेलले अझै ३९ अर्ब रुपैयाँ कर सरकारलाई बुझाउन बाँकी बताइएको थियो ।



यसअघि एनसेलको कर वि’वादलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको पूर्ण इजलासले नि’रुपण गरेको थियो । तर फेरि रि’ट लिएर एनसेल सर्वोच्च गएको थियो। लाभकर छुटको मागसहित सर्वोच्च पुगेको एनसेलको रि’टमा पुरुषोत्तम भण्डारी, मनोजकुमार शर्मा, तेजबहादुर केसी, डम्बरबहादुर शाही र सुष्मालता माथेमाले सुनुवाइ गरेका थिए।