काठमाडाैं : भारतको उत्तर प्रदेशस्थित एक गाउँमा र क्सीले मा तेका एक पुरुषले जुवाहारेपछि आफ्नै पत्नीलाई बला त्कारको लागि साथीहरुलाई सुम्पिएको घटना सार्वजनिक भएको छ ।
र क्सीले मा तेका ती पुरुषले साथीहरुसँग पहिले नै गोप्य रुपमा आफ्नी पत्नीलाई ‘से क्स’का लागि सुम्पिने बाचा गरेका थिए । जुवा हारेपछि उनकी पत्नीलाई सामुहिक रुपमा बला त्कार भएको हो । उत्तर प्रदेशको जउनपुर जिल्लाको यो घटना हालै सार्वजनिक भएको हो ।
घटनापछि ती महिला अदालत पुगेकी छिन् । जब कि, प्रहरीले कुनै का रवाही अघि बढाउन नचाहेको ती महिलाको आ रोपछ । ती महिलाका अनुसार उनका पति जँ ड्याहा हुन् । पछिल्लो पटक उनले साथीहरुसँग हारेपछि पत्नीलाई नै प्रयोग गरेका हुन् । रिपोर्ट अनुसार महिलाको पतिका साथी अरुण र अनिल उनको घरमा र क्सी पिउन र जुवाखेल्न आएका थिए ।
याे पनि पढ्नुस्
चिनियाँ जहाज उडाउन नेपाल एयरलाइन्सले माग्यो ८ पाइलट
काठमाडौं : नेपाल एयरलाइन्सले साना चिनियाँ जहाज उडाउन ८ पाइलट भर्ना गर्ने भएको छ । निगमले शुक्रबार यी चार जहाज उडाउन ‘लाइन क्याप्टेन’का रुपमा ८ जना पाइलटका लागि दरखास्त आह्वान गरेको हो । १५ दिन भित्र दरखास्त बुझाउन सकिने नेपाल एयरलाइन्सले जानकारी दिएको छ । ३ हजार उडान अनुभव भएका र उस्तै मोडलका जहाज उडाएका पाएलटले नेवानिका यी जहाज उडाउन पाउने गरी दरखास्त मागिएको छ ।
निगमले पाइलट अभावमै चल्न योग्य अवस्थामा रहे पनि चिनियाँ जहाजलाई उडाउन सकेको छैन । नेपाल वायुसेवा निगमसँग ४ वटा ‘थ्(ज्ञद्दभ’ जहाज छन् । दुर्गम भेगका विमानस्थलमा उडाउने गरी खरीद गरिएका यी १७ सीट क्षमताका जहाज हुन् ।
उता, नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा जनशक्ति भर्ना प्रक्रिया थालेको छ । प्राधिकरणले पनि शुक्रबार विज्ञापन खुलाएर जनशक्ति आह्वान गरेको हो । आर्थिक प्रशासन, एयर ट्राफिक सर्भिस, सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशन इन्जिनियरिङ, एभिएसशन फायर सर्भिसेज, फ्लाइट अपरेशन सर्भिसेस, सूचना प्रविधिजस्ता पदमा १ सय ३९ जनाका लागि दरखास्त माग गरिएको छ ।
यसमध्ये सबैभन्दा धेरै एयर ट्राफिक सर्भिसेजमा ३८, एयर फायर सर्भिसेज (चौथो तह) ३० र एयर फायर सर्भिसेज (पाँचौ तह)मा १७ जनाका लागि रोजगारीको अवसर खुलेको हो । प्राधिकरणले प्राविधिक विषयका पदहरुमा निश्चित समयको अनुभव आवश्यक रहेको समेत उल्लेख गरेको छ ।