फुलेन्देकी आमा र सबिना गुरुङलाई कार्यक्रममा बोलाए जापानी विमानस्थलबाटै फर्काइयो


काठमाडौं : एक कार्यक्रमको लागि जापान पुगेका हास्यकलाकार उमेश राई (फुलन्देकी आमा) र लोकगायिका सबिना गुरुङलाई जापानको विमानस्थलबाटै नेपाल फर्काइएको छ । उनीहरु तमु धिं जापानको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको रोधी साँझ कार्यक्रमको लागि गएका थिए ।
तमु धिं जापानले आयोजना गरेको २३ औ रोधी साँझ तथा रजत जयन्ती २०१९ को लागि गएका उनीहरुलाई नेपालस्थित जापानी दूतावासले प्रवेशाज्ञा (भिसा) दिएको थियो ।



तर विमानस्थलबाट बाहिरिने क्रममा भएको चेकजाँचमा प्राविधिक त्रुटि भएको भन्दै उनीहरुलाई फिर्ता पठाइएको तमु धिं जापानले एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको छ ।
यद्यपि यी दुई कलाकार नभए पनि कार्यक्रम भने तोकिएकै मितिमा हुनेछ ।