गाउँमा बुढी आमाको बिचल्लीः सबै सम्पति बेचेर छोरो अमेरिका

काठमाडौं : भनिन्छ नि, आमा बाबु बाहेक संसारमा सबै थोक पाईन्छ। आफ्ना सन्तानको भविष्य उज्जवल बनाउनको लागी बाबु आमाले ज्यादै दुःख कष्ट गरेका हुन्छन्। अझ बाबुको सानैमा मृ त्युभएपछि एक्ली बनेकी आमाले झन ठूलोकष्ट र बेदनासहनु पर्ने हुन्छ। छोरा पढेर ठूलो मान्छे हुन्छ भन्ने अभिलासाले भोको पेटमा पटुकी कस्दै हुर्काएकी आमाले छोराबाट धेरै आशा र अपेक्षा गरेकी हुन्छिन्।

एक दिन छोराको अमेरिका भिषा लाग्छ २ बर्षको अमेरिका बसाईपछि छोरा गाउँमा फर्किन्छ। आमालाई पनि अमेरिका लैजाने भन्दै फकाएर सबै घर जग्गा बिक्री गर्छ। एयरपोर्टमा पुगेपछि टिकट काट्न जान्छु भन्दै छोरो अमेरीका उड्छ। टिकट लिएर आउने आशामा कुरेर बसेकी आमा झसंग हुन्छिन् जब छोरो अमेरिका उडिसकेको थाहा पाउछिन्।

उनको साथमा पैसा पनि हुँदैन, गाउँ फर्किदा गाडी भाडा नभएर गाडीबाट समेत झारिदिन्छ। यस्तै कथामा आधारीत रहेर निर्देशक तथा एरेन्जर तारानाथ आचार्यले तीज गीत ‘नारी’को भिडियो तयार पारेका छन्। शर्मिला गुरुङको आवाज रहेको उक्त गीतको शब्द लय र एरेन्ज तारानाथ आचार्यले गरेका छन् भने प्रमोद गुरुङको छायंकनमा सुवाष अम्गाईले सम्पादन गरेका हुन्। गीतलाई डिजिटल स्टारले बजारमा ल्याएको हो।

हेर्नुहोस् यो मर्मस्पर्शी गीत:

सम्बन्धित खवर

Back to top button