बाँके : केही किशाेरीहरू सिमा पार गरेपछि फेरि फर्किएकाे पाइदैन् । अभावमा बाँचिरहेका किशाेरीहरू लाेभ र लालचकाे पा साे सजिलै पर्दछन् । यसरी गरिबीकाे फाइदा दला लीहरूले उठाईरहेका हुन्छन् । अधिकांश नेपाली समाजकाे साझा समस्या जस्तै बनेकाे छ याे समस्या । तर सरकारले भने यस विषयमा त्यति राम्राे पहलकदम चाल्न सकेकाे पाइदैन् । सीमानामा चेकजाँ च गर्दैमा समस्याकाे समाधान हुन्छ भन्नु मुर्खता मात्रै हाे, त्यही मुर्खता दाेहाेर्याई्रहन्छ सरकार । वास्तविक समस्याकाे जड सम्म कहिल्यै पुग्ने प्रयास कहिल्यै गरेन ।
हातमा झोला बोकेर १७ वर्षीया किशोरी नेपालगन्जस्थित जमुनाहा नाका पार गर्न लागेकी थिइन् । एकसरो लुगामा पैदल लम्किरहेकी उनले ‘तरकारी किन्न पारि जान लागेको’ बताइन् । नाकामा तैनाथ सुरक्षाकर्मीले सोधेपछि उनले भनिन्, ‘तरकारी किनेर फर्किहाल्छु ।’ उनीजस्ता थुप्रै किशोरी जिल्ला र आसपासबाट दैनिक सीमापारि सामान खरिद गर्न जान्छन् । परम्परादेखि सीमावर्ती भारतीय रुपैडिया बजारमा दैनिक उपभोग्य वस्तु र लत्ताकपडा खरिद गरिन्छ ।
यसरी सीमा का टेका कतिपय चेली कहिल्यै फर्किंदैनन् । १७ वर्षीया ती किशोरी तरकारी किन्ने बहानामा सीमा का ट्न खोजिरहेकी रहिछन् । तर, उनी जान पाइनन् । माइती नेपालका कर्मचारीलाई शं का लागेपछि सोधपुछ गरे । त्यस क्रममा सीमापारि मानव त स्करी गर्ने व्यक्तिले उनलाई कुरिरहेको खुल्यो । घरमा जानकारी नदिई किशोरी तरकारी किन्ने बहानामा सीमापारि जान लागेको पत्ता लाग्यो । नेपालगन्जकी १७ वर्षीया अर्की किशोरी घुम्ने भन्दै साथीसँगै सीमामा आइन् । उनीसँगै १८ वर्षीया साथीसमेत थिइन् । सोधपुछका क्रममा उनीहरू परिवारलाई ढाँ टेर रुपैडिया जान लागेका थिए ।
माइती नेपालले त्यही सीमाबाट उनीहरूलाई फिर्ता गर्यो । अहिले नेपालगन्जबाट २ घण्टा दूरीमा रहेको बहराइचमा मेला हेर्न जाने किशोरीको लर्को छ । ती सबै स्थानीय हुन्छन् । बहराइच मेला भर्ने योजना बनाएर दुई दिनअघि १७ वर्षीया दुई किशोरी जमुनाहा नाकामा फेला परे । सोधपुछका क्रममा सीमापारि बसेका मानव त स्करले ‘सेटिङ’ मिलाएको खुल्यो । सामान किन्न जाने बहानामा महिला र किशोरी दैनिक सीमामा आउने जाने गर्छन् । यसरी जानेको उद्देश्य छुट्याउन र रोकथाम गर्न चुनौती भइरहेको माइती नेपालका नेपालगन्ज संयोजक केशव कोइरालाले बताए ।
‘यसरी जाने धेरै स्थानीय हुन्,’ कोइरालाले भने, ‘जान नदिउँ किनमेल गर्ने मानवअधिकार हनन होला भन्ने डर, दिउँ फर्किने होइनन् कि भन्ने चिन्ता ।’ लैजानका लागि त स्करले किशोरीलाई विभिन्न बहानामा सीमा पार गर्न लागाउँछन् । आफू भारतीय भूमिमा कुरेर बस्छन् । सिमानामा जिल्ला बाहिरबाट आएका भन्दा स्थानीय किशोरीलाई निय न्त्रण गर्न चुनौती रहेको उनले सुनाए । यहाँका धेरै जीवनयापनका लागि सीमापारि निर्भर छन् । त्यस्तो दैनिकीको फाइदा मानव त स्करले उठाइरहेका छन् । सन् २०१८ मा ९२० जनाले जो खिमपूर्ण यात्रा गरेको माइती नेपालको तथ्यांक छ ।
त्यसमा सीमा जोडिएको नेपालगन्ज उपमहानगरपालिकाका मात्र २७ जना रहेका छन् । बैजनाथका ४४, खजुराका ३०, राप्तीसोनारीका ३१, डुडुवाका ३ र कोहलपुर नगरपालिकाका ७६ जना जो खिमपूर्ण यात्रा गरिरहेको अवस्थामा फेला परेका थिए । श क्ति समूह नेपालगन्ज ट्रा न्जिट होमकी क्षेत्रीय अधिकृत निर्मला थापाका अनुसार पछिल्लो समय दलालले मान्छे कन्भिन्स गर्ने तरिका फेरिरहेका छन् । यसै साता दाङमा हर्बलको मार्के्टिङ गर्ने जागिर दिन्छु भन्दै एक युवकले २० किशोरीलाई नेपालगन्ज नाका हुँदै भारत लगेको प्रहरीको अनुसन्धान ब्युरोबाट उनले खबर पाएको बताइन् ।