रवि लामिछानेकै कारण पत्रकार शालिकराम झु ण्डिएकाे खुलासा


काठमाडाैं : चितवनको नारायणगढस्थित कंगारू होटलमा झु ण्डिएर आत्मह त्यागरेका पत्रकार शालिकराम पुडासैनीले रवि लामिछाने र उनको समूहको कारण आत्मह त्याको शिकार भएको खुलासा भएको छ । पत्रकार पुडासैनीले अडियो सन्देश छाडेर आत्मह त्या गरेको प्रहरीले पत्ता लागाएको छ । अनुसन्धानका क्रममा पत्रकार पुडासैनीको मोबाइलको मेमेरोमा उनले आत्माह त्या रोज्नुको कारणबारे बताएको अडियो भेटिएको घटनास्थलबाट माउन्टेन टेलिभिजनका पत्रकार रामेश्वर सापकोटाले जानकारी दिए ।
यस्तो छ पुडासैनीको आत्मह त्याको सन्देश:-



मलाइ रवि लामिछाने र दीपक दाजुले पछिल्लो पटक धेरै नै ट्र चर दिनुभयो । उहाँहरूले करोडौँ रूपैयाँ कमाउने तर मलाइ कममात्र पैसा दिने । पछि मलाई अष्ट्रेलिया डिपेन्डेन्ट भिषामा पठाइदिने भनेर एक जना केटीको पछि लगाए । तर त्यहीक्रममा मैले न्यूज २४ टेलिभिजन छाडे पनि । र पछिसम्म मलाई उहाँहरूले त्यही केटीलाई बला त्कार गरेको भनेर फसाउने रणनीति बनाउनु भयो । त्यसकारण म अब संसारमा यस्तैगरी बाँचिरहन चाहन्न । (पत्रकार रामेश्वर सापकोटाले शालिकरामको मोबाइलबाट सुनेको अडियोको आधारमा उतारिएको)
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ घर भएका शालिकराम पुडासैनी चितवनको कंगारू होटलको कोठामा झु ण्डिएको अवस्थामा फेला परेका थिए । पत्रकार पुडासैनी सोमबार राति नै झु ण्डिएको अवस्थामा फेला परेका हुन । प्रहरीले उनको साथमा रहेको परिचयपत्रका आधारमा उनको आफन्तलाई राति नै खबर गरेपछि उनीहरू चितवन गएका थिए । उनी नाइलनको डोरी पंखामा पा सो लगाएर झु ण्डिएका थिए ।
लामो समय रवि लामिछानेसँग सिधाकुरा जनतासँग कार्यक्रममा काम गरेका पुडासैनी केहीसाता अघिमात्र माउण्टेन टेलिभिजनमा गएका थिए । उनी टेलिभिजनको उच्च व्यवस्थापनसँग सीधा सम्पर्क गरी मिसन न्युजमा काम गर्न पुगेका थिए । उक्त कार्यक्रमको सम्पूर्ण जिम्मेवारी उनैले लिएका थिए । चितवन पनि उनी रिपोर्टिङकै लागि पुगेका थिए । अनलाइनमार्गबाट ।
यो पनि,
रवि लामिछाने सही छन् की गलत ? कि अति भएपछि खति ?
काठमाडौं । कार्यशैली गलत भए पनि वा सही भए पनि चर्चाका पात्र हुन् रवि लामिछाने । केही समययता उनका समर्थकहरुको भीड नै लागेको छ । तथापि उनीमाथि लागेका ग म्भीर आ रोपलाई हेर्दा उनी चाँडै प्रहरी फन्दामा पर्दै छन् ।
भनिन्छ नि, ‘टुप्पोबाट पलाएको राम्रो होइन’ रे । उनको प्रस्तुतीले धेरैले न्याय पनि पाए । तर, आक्र मक शैलीले गर्दा उनलाई जति चाँडै चर्चाको शिखरमा पुर्यायो, त्यति नै चाँडो सडकमा पुग्ने बनाएको छ । त्यो अरु कसैको कारण नभई स्वयं उनकै कारण उनी सडकमा पुग्ने अवस्था आएको छ ।
न्युज ट्वाट्टी फोरमा उनले ‘जनतासँग सिधा कुरा’ कार्यक्रम सञ्चालन गरेर चर्चामा आएका लामिछाने वि वादमा मुछिएका छन् । यदी उनीमाथि सही ढंगले छानविन गरियो भने उनी कार वाहीको भागेदार मात्रै होइन, देश निकाला पनि हुन सक्छन् ।
उनीमाथिको आरोप
–नुवाकोट घर भई हाल कीर्तिपुर बस्ने लक्ष्मण बिकले गत माघ २७ गते प्रेस काउन्सिलमा एउटा निवेदन दर्ता गराए । उनले रवि लामिछानेले आफ्नो घरमा जवर जस्ती छिरेर भिजुयल खिचेर समाचार बनाएको आ रोप थियो ।
–उनीमाथि अर्काे आ रोप छ, उनी विदेशी नागरिक हुन् । निवेदनमा लामिछाने अमेरिकी आप्रवासी हुन् । जसले अनुमति नलिई केही पनि गर्न पाउँदैन ।
–उनी पत्रकार होइनन् । उनले सूचना विभागबाट प्रेस पास लिएका छैनन् । प्रेस पास नलिई पत्रकारिता गरिरहेकाले उनीमाथि कार वाही गरिनुपर्छ ।
लामिछानेको जवाफ
–म पत्रकार होइन, कार्यक्रम प्रस्तोता मात्र हुँ । काउन्सिलमा रहेका केही उच्चपदस्थ व्यक्तिहरुले सञ्चालन गरेका पत्रपत्रिकामार्फत वर्षौंदेखि ब्ल्याकमेलिङको धन्दा चलेको छ, जसको अध्ययन अन्तिम चरणमा पुर्याएको छु ।
–अहिलेको अवस्थामा प्रेस पास लिनुभन्दा म यो पेशा नै त्यागेर दोबाटोमा जुत्ता पालिस गर्न पाए बरु गर्वको अनुभूति गर्नेछु ।
–म ढोंगीहरुको अग्रता रहेको काउन्सिलले पठाएको पत्रलाई आगामी दिनमा प्राथमिकता दिन्न ।
–अमेरिकामा घर, गाडी इत्यादि खरिद गर्दा लागेको ऋण तिर्न बाँकी छ । मेरा बालबच्चा उतै छन् । म अहिले अमेरिकी नागरिकता र पासपोर्ट फिर्ता गर्ने प्रोसेसमा छु ।
उजुरीको चाँङ
२०७४ असोज २ गते कैलाश राज लोहनीले प्रेस काउन्सिलको कार्यालय सन्चारग्राममा लामिछाने विदेशी नागरिक भएको र नेपालमा काम गर्नका लागि नेपाली नागरिक हुनुपर्ने वा विदेशी नागरिक भए श्रम स्विकृति लिनुपर्ने भन्दै छानबीन गर्न उजुरी दिए ।
२०७४ मा २७ मा नुवाकोट घर भई हाल कीर्तिपुर बस्ने लक्ष्मण बिकले रवि लामिछानेले आफ्नो घरमा जव रजस्ती पसेर भिजुअल खिचि आफुविरुद्ध समाचार प्रशारण गरेर आफ्नो इज्जत लुटियो भनेर प्रेस काउन्सिलमा उजुरी पर्यो । अन्य ठाउँबाट पनि उजुरी परिरहेका छन् । यी प्रतिनिधि उदाहरण मात्र हुन् ।
छानविन भयो त ?
बिकको निवेदन परेपछि प्रेस काउन्सिलले रवि लामिछानेसँग स्पष्टीकरण माग गरेको थियो । अमेरिकाबाट केही सिकेर नेपाल फर्केको बताउने लामिछानेले स्पष्टीरकरण दिने क्रममा नम्र एवं सभ्य भाषाको प्रयोग गरेका छैनन्, उल्टै ‘काउन्सिलमा रहेका केही उच्चपदस्थ व्यक्तिहरुले सञ्चालन गरेका पत्रपत्रिकामार्फत वर्षौंदेखि ब्ल्या कमेलिङको धन्दा चलेको छ’ भनेर थर्काए ।
उनले प्रेस काउन्सिललाई प्रेस पास नलिने बरु दोबाटोमा जुत्ता पालिस गर्ने चेतावनी दिए । काउन्सिलका उप प्रशासकीय अधिकृत रामेश्वर बोहराले प्रेस काउन्सिलको प्रतिवेदनमा लामिछानेले गैरकानुनी रुपमा नेपालमा श्रम स्विकृति विना नै बस्दै आएको निष्कर्ष निकाल्यो ।
छानबीनका क्रममा लामिछानेको राहदानी नम्बर ५१२९६६९८१ लाई अध्यागमन विभागले ४ अक्टोवर २०१८ सम्मको गैर पर्यटक भिषा जारी गरिदिएको पाइएको थियो । श्रम विभागले समेत काउन्सिललाई पत्र पठाई लामिछानेले श्रम स्विकृति नलिएको उल्लेख गरेको छ ।
अब के होला ?
अध्यागमन नियमावली, २०५१ को दफा २० को (१) नियमावली बमोजिम पर्यटक र परिवारको सदस्यका हैसियतले भिसा पाउने विदेशीले नेपालभित्र रहँदा पारिश्रमिक लिई वा नलिई कुनै उद्योग व्यापार व्यवसाय वा संस्थामा काम गर्न पाउने छैनन’ भनिएको छ ।
विदेशी नागरिक भई वर्क परमिट नलिइ काम गरेको पुष्टि भएमा आगामी भदौ १ देखि लागु हुने बैदिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कठोरसम्बन्धी कानुनअनुसार रवि लामिछानेलाई कार वाही हुन सक्छ ।
अनुमति बिना कसैको तस्वीर खिच्न र अरुको आवासमा अनुमती बिना नै प्रवेश गर्न नहुने व्यवस्था सो कानुनले गरेको छ । यसमा व्यक्तिलाई तीन बर्ष कैद २० हजार जरिवानामध्ये कुनै एउटा वा दुबै स जाय हुन सक्ने कानुनी व्यवस्था छ ।
यो पनि,
प्रधानमत्री ओलीविरुद्ध सर्वाेच्च अदालतमा मुद्धा दर्ता !
फेवाताल अतिक्रमण विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वाेच्च अदालतमा अवहेलना मुद्दा दार्ता भएको छ । फेवातालको मुद्दामा सर्वोच्चले गरेको आदेश कार्यान्वयनमा कसैले पनि आफ्नो दायित्व निर्वाह नगरेको भन्दै अधिवक्ता खगेन्द्र सुवेदीले सर्वोच्चमा अवहेलना मुद्दा दायर गरेका हुन् ।
सुवेदीले प्रधानमन्त्री ओली, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याल, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयका सचिव डिल्लिराम घिमिरे, भूमि सुधार सचिव गोपीनाथ मैनाली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ र प्रदेशमन्त्री विकास लम्सालसिहत नाै जनालाई विपक्षी बनाएका छन् ।
सर्वोच्चले दिएको ६ महिना समय कुनै पनि निकायले आफ्नो जिम्मेवारी पूरा नगरी कटाएको निवेदनमा उल्लेख छ । प्रधानमन्त्री कार्यालयले फेवातालको जमिनको क्षेत्र छुट्टाउनु पर्ने र भूमि सुधार मन्त्रालयले रेखाङ्कन गर्नुपर्ने जिम्मेवारी सर्वोच्चको फैसलाले दिएको थियो । तर, उक्त कार्य सुरुवात नै नभई समय सिमा समाप्त भएपछि सुवेदीले सर्वोच्चमा अर्को मुद्दा दायर गरेको जनाएका छन् ।
२०७५ बैसाख १६ गते न्यायाधीशद्वय ओमप्रकाश मिश्र र सपना प्रधान मल्लको इजलासले अवैध संरचना भत्काउनु भनि फैसला सुनाएको थियो । सर्वोच्चले प्रधानमन्त्री कार्यालयदेखि स्थानीय सरकारसम्मलाई आफ्नो कामको जिम्मेवारीसमेत तोकेको थियो । सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ ७ महिनापछि मंसिर ६ गते सार्वजनिक भएको थियो । पूर्णपाठपछि जिम्मेवार निकायहरूलाई उक्त फैसला कार्यान्वयन गर्ने दायित्व आइपरे पनि त्यसको पालना नगरेकाले अवहेलनामा ६ महिना कैद र १० हजार जरिवाना गर्न माग गरिएको छ ।
सर्वोच्चले विश्वप्रकाश लामिछाने संयोजकत्वको समितिले प्रतिवेदनमा उल्लेख गरेको ४ किल्ला क्षेत्र कायम गरी त्यसको ६५ मिटर भागमा भवन लगायत तालको संरक्षणमा असर पुर्याउने कुनै भौतिक संरचना बनाउन नपाउने गरी संरक्षण क्षेत्र घोषणा गर्न सरकारलाई आदेश गरेको थियो ।
व्यक्तिको नाममा दर्ता भएको तालको जमिन एक वर्ष बदर गरी तालकै नाममा ल्याउन पनि अदालतले भनेको छ। फेवाताल संरक्षणको लागि २०६७ माघ १० गते अधिवक्ता खगेन्द्र सुवेदीले सर्वोच्चमा रिट दायर गरेपछि सर्वोच्चले यो फैसला गरेको थियो ।
अवहेलना मुद्दामा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलाशले यस सम्बन्धी फाइल मगाउने आदेश गरेको छ ।
प्रचण्डलाई यहिँ ‘हेग’ बनाइदिने राजसंस्था पक्षधर शिव से नाको चे तावनी
राजसंस्था पक्षधर शिव से ना नेपालले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्वराजाका विषयमा जथाभावी नबोल्न चे तावनी दिएको छ ।युएई भ्रमण सकेर नेपाल फर्किएकै दिन सिन्धुलीको पुल उद्घाटन गर्ने क्रममा हालै प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट खेद्ने बताएपछि प्रत्युत्तरमा शिव से नाले भनेको छ,‘हामी नेदरल्यान्डस् पुग्दैनौं, नेपाली जनताको साथ लिएर प्रचण्डका लागि यहिँ हेग तयार पार्छौं ।’
शिव सेना अध्यक्ष अनिल बस्नेतले आइतबार विज्ञप्ति जारी गरी जनताको साथमा रहेका पूर्वराजाप्रति आवेग र उत्तेजनामा नबोल्नका लागि भनेका थिए । उनले मंगलबार दैनिक नेपालसँग भने,‘१७ हजार मानिस मारेको अभियोगमा प्रचण्डलाई यहिँ सजाय दिए के होला ?’
सत्ता र शक्तिको ध्वाँस देखाउँदै त्यसका आडमा जथाभावी नबोल्न चेतावनी दिएको शिव सेना नेपालले भनेको छ,‘जहाँनियाँ शासन बचाउनका लागि कुनै पनि बेतुकको अभिव्यक्ति नदिनुहोस्, नेपाली नागरिक भएका कारण तपाईले कतिपय अपराध स्वतः माफी पाउनुहुन्छ । तर, नेपाली जनताको हत्याको अभियोग स्वीकार नगरी यसैगरी बोल्ने हो भने भगवान शिवले माफ गरे पनि शिव सैनिकले माफ गर्नेवाला छैन ।’
बस्नेतले प्रचण्डको अभिव्यक्ति आ पत्तिजनक रहेको खुलाउँदै भने,‘हो, हामीले हाम्रो जनअदालतले उहाँलाई सजाय गर्न सक्ने भनेका छौं । हामी हेगको व्यवस्था नेपालमै गर्नेछौं, त्यसबेला उहाँले के जवाफ दिनुहुन्छ ?’
शिव से ना नेपालले निरन्तर पूर्वराजाको पक्षमा जनमत तयार पार्दै आएको छ । पूर्वराजाका देशव्यापी कतिपय भ्रमणमा शिव से ना नेपालको सुरक्षा पहरा समेत रहँदै आएको छ । उसले नेपाल राजसंस्थासहितको हिन्दू राज्य हुनुपर्ने जिकीर गर्दै आएको छ ।