नम्रता भन्छिन्-‘एउटा विन्दुमा आत्मह’त्याको कुरा मनमा खेलेको थियोे’

काठमाडौं : अभिनेत्री नम्रता श्रेष्ठले आफ्ना विगतसँग पछुतो नरहेको बताएकी छन् ।एउटा अनलाइन न्युज पोर्टललाई दिएको अन्तरवार्तामा उनले विगतका कारण नै अहिले आफू यो अवस्थामा र बलियो भएको पनि दाबी गरेकी छन् ।

अहिले आफू डिप्रेशनबाट बाहिरिएको खुलाउँदै उनले ओखति खान छाडेको पनि बताएकी छन् । आफू खुसी हुनुको कारण पनि त्यहि रहेको उनले खुलाएकी छन् ।

डिप्रेशनका कारण एक पटक मनमा आ’त्मह’त्या गर्नेसम्मको चरण आएको खुलाएकी उनले बलियो मनस्थिति बनाएर अघि बढेको पनि बताएकी छन् । उनले भनेकी छन्,‘डिप्रेशनका कारण एउटा विन्दुमा आ’त्मह’त्या गर्ने कुरा खेलेको थियो । तर बलियो भएँ ।’नम्रताले पछिल्लो पटक जाइरा फिल्ममा अभिनय गरेकी थिइन् ।

नायिका नम्रता श्रेष्ठ फिल्म ‘जाइरा’का लागि नयाँ अवतारमा फिल्म ‘जाइरा’का लागि अभिनेत्री नम्रता श्रेष्ठले नयाँ अवतार धारण गरेकी छिन् । मार्शल आर्टमा आधारीत रहेको फिल्म ‘जाइरा’का लागि श्रेष्ठले आफ्नो कपाल छोट्याएकी छिन् भने ८ केजी तौल पनि घटाएकी छिन् । ब्वाइज कट हेयर स्टाइल र पहिरनमा उनी खेलाडी देखिएकी छिन् ।

मंगलवार राजधानीमा फिल्मको लुक्स सार्वजनिक कार्यक्रममा फिल्मका अन्य कलाकार पनि आफ्नो भुमिका अनुसारको लुक्समा उपस्थित थिए । फिल्ममा अनुप विक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सृजना रेग्मी, सम्राट मगर, सुजिता श्रेष्ठ लगायतको प्रमुख भूमिका रहेको छ ।

ट्रेन्ड सेटर्स र हाईलीहाईको ब्यानरमा निर्मित फिल्ममा लोकेश बज्राचार्यको सम्पादन कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत सम्राट बस्नेतको द्वन्द रहेको छ । निर्देशक आशुतोष राज श्रेष्ठले आगामी मंसिर १४ मा फिल्म प्रदर्शन गर्ने जनाए ।

सम्बन्धित खवर

Back to top button