काठमाडौं । गायिका बिन्दु परियार जो अहिले निकै चर्चित नाम हो । चलचित्र लगायत आधुनिक गीतमा रुचाईएकी गायिका बिन्दुको सफलता दिनदिनै बढिरहेको छ । लोकप्रिय गायिका बिन्दुले आवाजमा ‘म के गरु’ गीतको म्युजिक भिडियो बजारआ ल्याएर आएकी छिन् । आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत गायिका बिन्दुले ‘म के गरु’ शीर्षकको युगल गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । एक नारायण भण्डारीको शब्दको उक्त गीतमा आशिष् अविरलको सङ्गीत निर्देशन छ ।
म्युजिक भिडियोमा गायिका परियारले लोकप्रिय अभिनेत्री प्रियङ्का कार्कीको साथ पाएकी छिन् । भिडियोमा अभिनेत्री कार्कीलाई भिमफेदी गाइजका कलाकारहरूले साथ दिएका छन् । उक्त भिडियोलाई भिमफेदी गाइजले नै कोरियोग्रँफी गरेको हो ।
धिरज जङ्ग शाहद्वारा छायाङ्कन गरिएको उक्त भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् भने निशान घिमिरेले यसलाई सम्पादन गरेका हुन् ।