पूर्व मिस नेपाल प्रिया सिग्देल साझा पार्टीमा

काठमाडौं : सन २०१८ को लागि मिस नेपाल बनेकी प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । साझा पार्टीको आइतवार बसेको केन्द्रीय समिति बैठकले सिग्देललाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको हो ।

गत वर्षकी मिस नेपाल सिग्देलललाई आफ्नो पार्टीमा मनोनित गरेको साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले एक विज्ञप्तिमार्फत जनाएका छन् ।

‘डिभेलप्मेण्ट स्टडिज’मा स्नातक गरेकी प्रिया सिग्देल पिछडिएका महिलाहरूको सशक्तिकरणका लागि काम गर्ने सामाजिक संस्था हात्तीहात्तीकी संस्थापक अध्यक्ष पनि हुन्।

उनले फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् र ‘युवा चेन्ज मेकर’को रूपमा स्विट्जरलण्ड, भारत र बंगलादेशमा आफ्ना प्रस्तुतिहरू दिएकी छन्।

सम्बन्धित खवर

Back to top button