घुससहित एक वन अधिकृत समातिए

डडेलधुरा : तीन लाख घुस सहित एकजना वन अधिकृत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले तीन लाख घुससहित एक सहायक वन अधिकृत सुरेशचन्द्र डिसी लाई नियन्त्रणमा लिएको हाे । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाबाट सब–डिभिजन कार्यालय बिपिनगर डोटीमा कार्यरत सहायक वन अधिकृत डिसीलाई आइतबार अख्तियारको टोलीले निय’न्त्रणमा लिएको हो।

विशेष सूचनाका आधारमा आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले आ’रोपित डिसीबाट रु ३ लाख २६ हजार रकम बरामद गरिएको आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए।

ठेकेदारलाई काठ मिलाइदिने भन्दै डिसीले ती ठेकेदारबाट पाँच लाख ४५ हजार बैंकमा हाल्न भनेपछि उक्त रकम ठेकेदारले जम्मा गरेको विष्टले बताए। उनले भने, ‘अरू पैसा निकालेर यताउता पारिसकिएको रहेछ।’ अख्तियारको टोलीले तीन लाख २६ हजार मात्रै बरामद गरेको सूचना अधिकारी विष्टले जानकारी दिए।

उनका अनुसार प्रहरी नायब उपरीक्षकको नेतृत्वमा गएको टोलीले नगदसहित डिसीलाई निय’न्त्रणमा लिएको हो। पक्राउ परेका डिसीलाई राति नै महेन्द्रनगर ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

सम्बन्धित खवर

Back to top button