विहे नगरेरै गायिका ज्योति मगर २ छोराकी आमा (हेर्नुस् भिडियो)
काठमाडौं : गायिका ज्योति मगर गीत–संगीतको क्षेत्रमा मात्रै नभएर मोड्लिङको क्षेत्रमा पनि उतिकै चर्चित छिन् । उनी गीत संगीतले मात्रै होइन बेला बेलामा उनले लगाउने पहिरन र प्रस्तुतिले समेत विवादमा आइरहन्छिन् । धेरैलाई कौतुहल्ता पनि हुनसक्छ ज्याति मगर विवाहित हुन् या अविवाहित रु गायिका मगर सुत्र टिभीसँगको एक अन्तरवार्तामा संगीतकार तथा म्युजिक एरेञ्जर, गितारिष्ट विशाल गुुरुङसँग सँगै सार्वजनिक भएकी थिईन् ।
उक्त अन्तरवार्तामा दुबैजनाको प्रस्तुति हेर्दा केही सोंच्न पर्ने अवस्था समेत देखिन्थ्यो । दुुबैजना म्युजिक क्षेत्रसँग आवद्ध भएको र कुनै दिन उनीहरु विवाह बन्धनमा बाँधिन पनि सक्ने दुुबैले स्वीकार समेत गरे ।
गायिका मगरले आफूहरुलाई कसैले जोडीको रुपमा परिचय दिए पनि अफ्ठेरो नमान्ने बताएकी छिन् । उनले विशाल गुरुङसँगको सहकार्यमा पछिल्लो एल्वम ‘जाले रुमाल’ बजारमा लिएर आएको पनि जानकारी गराईन् । लामो समयदेखि म्युजिकमा सहकार्य गर्दै आएकी ज्योतिले विशालसँग विहे हुनसक्नेतर्फ पनि संकेत गर्न पुुगेकी थिईन् । उनीहरु गएको ६ वर्षदेखि निरन्तर संगीत क्षेत्रमा खसहकार्य गर्दै आएका छन् ।
कार्यक्रममा ज्योति र विशाल दुबैजनाले एक अर्काको तारिफ पनि मज्जाले गर्न भ्याए । ज्योतिले विशालको ‘ह्याण्सम पन’ को खुलेर प्रशंसा गरिन भने विशालले पनि ज्योतिको ‘ट्यालेन्ट’ पनको खुलेर प्रशंसा गरेका थिए । ज्योति र विशालको दोस्ती यति नजिकको देखियो कि उनीहरुले सम्बन्ध तँ तँ र म म सम्म ओर्लिएपछि उनीहरुको सम्बन्धमा माया प्रेम नै पो छ कि भनेर अनुमान लाउन समेत सकिन्थ्यो ।
हेर्नुस् भिडियाे
ब्लड ग्रुपबाटै थाहा हुन्छ मानिसको स्वभाव, कुन रगत समूहको कस्तो आनीबानी ?
एक अनुसन्धान अनुसार मानिसहरूको रगत समूह अनुसार उसको चालचलन र आनीबानीबारे थाहा पाउन सकिन्छ । रगत समूह फरक भएमा मानिसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ।
यहाँ रगत समूहसँग सम्बन्धित केही बानीको बारेमा दिइएको छ-
Group O :– संसारका सबैभन्दा बढी मानिसमा यो रगत समूह पाइन्छ। O- र O+ गरी करिब ४७ प्रतिशत मानिसमा यो रगत समूह रहेको हुन्छ जसमा ४० प्रतिशत जति O+ र ७ प्रतिशत जतिमा O- रहेको हुन्छ।
यो रगत समूहका मानिसहरू नेतृत्व गर्न चाहना राख्ने तथा क्षमता भएका, आफूले सुरु गरेको काम फत्ते गरी छाड्ने, सत्यतामा विश्वास गर्ने, मायालु र आत्म-विश्वासले भरिएका हुन्छन् भने यो रगत समूह भएका मानिसहरूको कमजोरी भनेको डाहा गर्ने बानी र धेरै प्रतिस्पर्धात्मक हुन खोज्ने भएको अनुसन्धानको क्रममा पाइएको थियो ।
Group A :- यो रगत समूह करिब ४० प्रतिशत मानिसहरूमा हुन्छ जसमा ३४ प्रतिशतमा A+ र ६ प्रतिशतमा A- पाइन्छ। यो रगत समूह भएका मानिसहरू शान्त र सामाजिक खालका, अरू सँग काम गर्न मन पराउने, संवेदनशील र कमजोरीको रूपमा झुक्न नचाहने र आराम गर्न नसक्ने वा नचाहने बानी भएका हुन्छन्।
Group B :- यो समूहको रगत कम मानिसहरूमा मात्र पाइन्छ जसमा करिब ८ प्रतिशतमा B+ र १ प्रतिशतमा मात्र B- हुन्छ। यो रगत समूह भएका मानिसहरू एकल काँटे, जे पनि एक्लै गर्न चाहने रचनात्मक खुबी भएका झुक्न नसक्ने खुबी भएका हुन्छन् जसले गर्दा कहिले काहीँ काम बिग्रन समेत सक्छ।
Group AB :- यो मानिसमा पाइने सबैभन्दा कम पाइने रगत समूह हो। यो ४ प्रतिशतमा मात्र पाइन्छ जसमा ३ प्रतिशत AB+ र १ प्रतिशतमा AB- पाइन्छ। यो रगत समूह भएका मानिसहरू नरम, नियन्त्रित र ठट्टा रमाइलो गर्ने खालका हुन्छन् तर निर्णय गर्ने क्षमताको कमी हुन्छ।