३५ वर्षसम्म कुमारी बसेर विहेकै दिन घट्याे यस्ताे घटना

काठमाडौं : मेरो विवाहको पहिलो रात थियो । म पहिलो रात कुनै पुरुषसँग अन्तरङ्ग हुँदै थिएँ । नजिकका साथीहरुसँग भएका कुराकानी र हेरेका पोर्न भिडियोले मेरो दिमागमा सपना र इच्छाहरुका कैयौँ तस्बिर बुनेको थिए । हातमा दूधको गिलास लिएर टाउको झुकाएर जब म मेरो सुत्ने कोठामा गएँ । त्यति बेलासम्म सबै सोचे अनुरुप नै थियो ।

तर मलाई के थाहा थियो र त्यो रातले मेरो जीवनमा यति ठूलो उतारचढाव ल्याउने छ । मेरा श्रीमानले मलाई कसेर अँगालो हाल्नेछन्, म्वाई खानेछन् र रातभरी मलाई माया गर्छन् भन्ने सपना सजाएर जब म कोठामा पसेँ वास्तविकता त्योभन्दा भिन्न उनी पहिले नै सुतिसकेको थिए । म ३५ वर्षसम्म कुमारी नै थिएँ, श्रीमानले मेरो अस्तित्व नस्विकारेकोमा मलाई सारै दुःख लागेको थियो ।

कलेजका दिनहरुमा मात्र होइन, अफिसमा पनि मैले कैयौँ केटाकेटीहरुबीच गहिरो मित्रता देखेकी थिएँ । उनीहरु आफ्ना पार्टनरका काँधमा आफ्नो टाउको राख्थे । हात समातेर घुम्थे । म मेरो पनि त्यस्तै कोही साथी हुनेछ भनेर सोच्थेँ । हाम्रो ठूलो परिवार थियो । चार भाइ, एक बहिनी र बूढा आमाबुबा । यत्रो परिवार हुँदा पनि मलाई सधैँ एक्लै छु जस्तो लाग्थ्यो । मेरा सबै भाइबहिनीको विवाह भइसकेको थियो । उनीहरुको आआफ्नो परिवार थियो ।

मेरो उमेर बढेसँगै उनीहरु कहिलेकाहीँ मेरोबारे वास्ता गरिरहेको जस्तो मलाई लाग्थ्यो । मेरो मनमा पनि माया गर्ने इच्छा थियो तर यी सबै कुरा मेरो कल्पनामा मात्र थियो । मलाई कहिलेकाहीँ मोटी भएका कारण हो कि मलाई कसैले नहेरेको भन्ने लाग्थ्यो । के पुरुषहरू मोटी केटी मन पराउँदैनन् रु के मेरो परिवार मेरो शारीरिक तौलका कारण मेरा लागि जीवनसाथी खोज्न असफल भएको हो त रु के म सधैँ एक्लै रहने छु रु मेरो मनमा यस्ता प्रश्नहरु खेलिरहन्थे ।

सम्बन्धित खवर

Back to top button