कार्यालय प्रमुखले नै गरे आफ्नै कार्यकक्षमा बालिका बला’त्कार

काठमाडौं : एकजना कार्यालय प्रमुखले आफ्नै कार्यालयकाे कार्यकक्षमा बालिका बलात्कार गरेकाे कुरा खुलासा भएकाे छ । प्रहरीले काठमाडौं महानगरपालिकाको कुचीकार प्रमुखलाई बालिका बला’त्कार गरेको आ’रोपमा प’क्राउ गरेको छ । शनिबार दिउँसो कामनपाको पुरानो भवनमा रहेको कांग्रेसनिकट कर्मचारी संगठनको कार्यालयमा लगेर बाबुराजा पुजारीले बालिकालाई बला’त्कार गरेको बताइएको छ ।

सँगै रहेका बालिकाका भाइले महानगरको गेटमै बस्ने प्रहरीलाई खबर गरेपछि सिंहदरबार वृत्तको टोलीले पुजारीलाई प’क्राउ गरेको थियो। महानगरका कर्मचारीका अनुसार शनिबार मध्याह्न १२ बजेतिर पुजारी मोटरसाइकलमा बालिका र उनका भाइलाई लिएर महानगरको पुरानो भवनमा छिरेका थिए।

बालिकाकाे स्वास्थ्य परीक्षण पाटन अस्पतालमा भएको छ । ‘प्रहरीले बालिकालाई लिएर आई मु’चुल्का उठाएपछि मात्र यो घटनाबारे हामीलाई जानकारी भयो,’ एक कर्मचारीले भनिन्, ‘महानगरपालिकाभित्रै बला’त्कारको घटना भएपछि हामीलाई अ’सुरक्षा महसुस भएको छ।’

ती बालिका कहाँ की हुन् र पुजारीले कसरी त्यहाँसम्म उठाएर ल्याए भन्ने खुलेको छैन ५२ बर्पीय पुजारीलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियाे । अदालतले सात दिन थु’नामा राखेर अ’नुसन्धान गर्न आ’देश दिएअनुसार अ’नुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।’

सम्बन्धित खवर

Back to top button