उद्घोषणमा जम्दै कल्पना कार्की
नेपालगंज : कुशल रेडियो कर्मी कल्पना कार्की पछिल्लो समय कार्यक्रम संचालानमा निकै व्यस्त रहेकी छन् । उद्घोषणमा निकै रुचि भएकी कार्की सुरु सुरुमा खासै अवसर नपाए पनि अहिले भने निकै व्यस्त रहन्छिन् । काेहपुर-३ मदनचाेक घर भएकी कल्पना आफूलाई अब्बल उद्घाेषककाे रूपमा सावित गर्दै छिन् ।
कुनै दिन सानो-सानो कार्यक्रममा बोल्नलाई पनि हाइ’ज्याक गर्नपर्ने र त्यतिगर्दा पनि विश्वास नगर्ने कार्कीलाई आजभोली भने भ्याइनभ्याई छ । हरेक विधामा दखल राख्ने कार्की सबै प्रकारका कार्यक्रमको कुशल संचालन गर्छिन् ।
बोल्ने शैली, भाषा, मनोरन्जन शैली तथा कार्यक्रममा उपस्थितहरुप्रतीको चलाखीपूर्ण व्यवस्थापन र मर्यादा अनुसारकाे सम्मानमा ध्यान पुर्यारउने कलाले पनि उनी निकै अब्बल देखिन्छिन् ।
अलिकति बि’द्रोही र हक्की स्वभावकी कार्कीको प्रस्तुतीकरण पनि उतिकै दमदार रहेकाे छ । दर्शकको मनोभावना बमोजिम उनी हँसाउने, नँचाउने र गाउँने बनाउँछिन् ।
उद्घोषणमा मात्रै हैन समाज सेवा र सामाजिक कार्यहरुमा पनि उत्तिकै रुचिका साथ सक्रियता देखाउँछिन् । उनको यो कला र व्यक्तित्वकाे अझै उचित स्थान पाउन सकेमा उनकाे करियर निकै सुन्दर बन्ने आशा गर्न सकिन्छ ।
यस्ता प्रतिभाहरूलाई आ-आफ्नो ठाउँबाट अवसर प्रदान गरि सहयोग गरेमा उनीहरूकाे भविष्य उज्वल हुने देखिन्छ । उनीहरूकाे मात्रै हाेइन भावी दिनहरूमा यो क्षेत्रमा हुने विभिन्न मेला, महाेत्सव लगायत ठूल्ठूला कार्यक्रमका लागि बाहिरबाट उद्घोषक झिकाउन पर्ने छैन् । केही गर्न खाेज्ने युवायुवतीहरूलाई हामी सबैले सक्दाे सहयाेग गरेमा उनीहरूकाेे क्षमताको प्रतिस्पर्धात्मक विकासमा टेवा पुग्ने देखिन्छ ।