बागेश्वरी सिङिङ्ग आईडलको गा्रन्ड फिनाले आगामी भदौ १४ गते
साउन २५ , नेपाल नागरिक उधम सहकारी संस्थाको मुख्य प्रायोजन र राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको विद्यालय स्तरिय गायन प्रतिभाको खोजी बागेश्वरी सिङिङ्ग आईडलको गा्रन्ड फिनाले आगामी भदौ १४ गते भब्य?पमा नेपालगञ्जमा सम्पन्न हुने भएको छ । बाँके जिल्लाका सम्पुमर्ण स्थानीयतहमा रहेका संस्थागत तथा सामुदायिक विद्यालय बाट करिब ३ सय जना प्रतिस्पर्धीबाट छनोट भएका २५ जना सेमिफाईनल राउण्डका प्रतियोगीहको प्रतिस्पर्धाबाट उकृष्ट ३ जनाले बागेश्वरी आइडलको ताज हात पार्नेछन भने अन्यले सम्मान सहित प्रमानपत्र ग्रहन गर्नेछन । डाइरेक्टर ओम शर्माका अनुसार आईडलमा प्रथम हुनेले ५० हजार र एल्वममा गाउने अवसर, द्धितिय हुनेले ३० र एल्वममा गाउने अवसर , तृतिय २० हजार र एल्वममा गाउने अवसर प्राप्त गर्नेछन । आईडलको संचालन संचारकर्र्मी कल्पना कार्कीले नै गर्नेछिन भने फाईनल राउण्डको अडिसनमा संगितकार यादवनाथ योगी,राष्ट्रिय नाच घरमा कार्यरत संगितकार,विपिन घिमेरे,संगित प्रशिक्षक राजेश क्षेत्री,अमन ओली लगायतले निर्णायकको भुमिका निर्वाह गर्ने बताइएको छ । फाईनल राउण्डमा पब्लिक भोटिङ र प्रस्तुति दुबैको आधारमा छनोट गरिने छ । कार्यक्रममा बाँके जिल्लाका छ वटै स्थानीय तह,दिपसन टुर एण्ड ट्राभल्स,कौशिल्या मेमोरियल अस्पताल लगायतले सहयोग गरेका छन । त्यस्तै यस अघिका राउण्डमा निर्णायकको भुमिका निर्वाह गरेका आधुनिक गायक प्रमोद डि।जी , गायिका माया अधिकारी, लोक तथा दोहोरी गायक अमन वली, चर्चित लोक तथा दोहोरी गायक गोपाल नेपाल जिंएम, तुलसी घर्तिको बिशेष सांगितिक प्रस्तुति रहने बताईएको छ ।