पहिलो बागेश्वरी सिंगिङ्ग आइडल दिक्षा बि.सी


मध्य तथा सुदुर पश्चिमकै पहिलो बिद्यालय स्तरिय गायन र्यालिटी सो बागेश्वरी सिगिंङ्क आइडल को पहिलो बिजेता दिक्षा बि.सी बनेकी छन । ५ महिना सम्मा चलेको आइडलको हिजो राति ११ बजे सम्पन्ना गरिएको हो ।
राष्ट्रिय संगितकर्मी संघ बाँकेकाको आयोजना र नेपाल नागरिक उद्यम सहकारी संस्था लि को मुख्य प्रायोजनममा संचालन भएको बागेश्वरी सिङिङ्ग आईडल उपाधी संँगै नगद ५० हजार तथा एल्वममा गाउने अवसर प्राप्त गरेकी हुन् । शनिबार नेपालगजमा भएको ग्रान्ड फिनालेबाट उनी उत्कृष्ट प्रस्तुतिका साथ आईडलको उपाधी उचालन सफल भएकी हुन ।



त्यस्तै आईडमा तक्षशिला एकेडेमी कोहलपुरकी अनुषा घिमेरे द्धितिय स्थान हासिल गर्न सफल भएकी छिन् । उनले नगद रु ३० हजार तथा एल्वममा गाउने अवसर प्राप्त गरेकी छिन् । त्यस्तै, जनज्योति पब्लिक हाईस्कुलका आशिष चन्दले आईडलको तृतिय स्थान प्राप्त गर्न सफल भएका छन् । उनले नगद रु २० हजार तथा एल्वममा गाउने अवसर प्राप्त गरेका हुन ।
त्यस्तै सगरमाथा ज्ञान पुञ्ज मा.वि किरणनाला कोहलपुरका सन्देश सुनारले थर्ड रनर अप अन्तरगत उत्कृष्ट प्रस्तुतिको उपाधी हात पारेका छन् । आईडलमा जेनिथ ई.मि स्कुल खजुराकी गरिमा सापकोटाले उत्कृष्ट पब्लिक भ्यु अर्वाड प्राप्त गरेकी छिन् । त्यस्तै प्रयत्न ई.मी स्कुल बानियाभारकी छात्रा करिश्मा शाही र जनज्योति पब्लिक हाईस्कुल कोहलपुरका हेमन्त शर्माले उत्कृष्ट बाल प्रतिभा अवार्ड हात पारेका हुन् ।
त्यस्तै आईडलमा उत्कृष्ट २५ सहभागीलाई समेत सम्मान गरिएको छ । प्रदेश सभा सांसद आईपी खरेलले उद्घाटन गरेको कार्यक्रममा आईडललाई तीजमय बनाउन चर्चित लोक तथा दोहोरी गायक गोपाल नेपाल जिंएम र तुलसी घर्तिको बिशेष सांगितिक प्रस्तुति रहेको थियो ।
फाईनल राउण्डको अडिसनको संगितकार विपिन घिमेरे, संगित प्रशिक्षक राजेश क्षेत्री लगायतले निर्णायकको भुमिका निर्वाह गरेका थिए । त्यस्तै आधुनिक गायक प्रमोद डि.जी, गायिका माया अधिकारी, लोक तथा दोहोरी गायक अमन ओली लगायतको जुरी समूहले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
राष्ट्रिय संगितकर्मी संघ बाँकेका सचिव तथा आईडल संयोजक ओम शर्माको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख तथा मुख्य अतिथिकोरुपमा प्रदेश सांसद आइपी खरेल , राष्ट्रिय संगितकर्मी संघका केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्की , आईडलको मुख्य प्रायोजक नेपाल नागरिक उद्यम सहकारी संस्थाका अध्यक्ष ललित पहाडी लगायतको सहभागीता रहेको थियो ।
उक्त आईडलमा बाँके जिल्लाका पाँच स्थानीय तहमा रहेका निजि (संस्थागत) तथा सामुदायिक विद्यालयहरुबाट करिब ३ सय जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।








