सरकारले गर्याे फेरि अर्काे भद्दा मजाक ! ४० तोला त’स्करीको सुनसहित प’क्राउ परेका उपसचिवको एयरपोर्टमै सरुवा


काठमाडौं : साढे दुई बर्षअघि ४० तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट प’क्राउ परेका उपसचिव किशोर कुमार खत्रीलाई नागरिक उड्डयन प्राधिकरणले पुनः एयरपोर्टमै पुरानै जिम्मेवारीमा फर्काएको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सुन त’स्करीमा प’क्राउ परी अ’दालत सेटिङ गरेर छुटेका खत्रीलाई पुनः एयरपोर्टमै पठाएका हुन् । प्राधिकरणका आठौं तहका कर्मचारी खत्री अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोलमा कार्यरत हुँदा दोहाबाट आएका मनिष रिमालको ४० तोला सुन धावनमार्गबाट रिसिभ गरी बाहिर निस्कने क्रममा प’क्राउ परेका थिए ।
भन्सारका कर्मचारीको सुराकीमा उनी प’क्राउ परेका थिए । तर, साढे २ बर्षअघि अन्तर्राष्ट्रिय विमानस्थलमा त’स्करीको सुनसहित प’क्राउ परेका उनलाई महानिर्देशक पोखरेलले पुरस्कृत गरेका छन् । त’स्करीमा मुछिएकालाई पुनः अन्तर्राष्ट्रिय विमानस्थलमै सरुवा गर्ने क्रममा महानिर्देशक पोखरेलमाथि आर्थिक लाभ लिएको आ’रोप छ । महानिर्देशक पोखरेलले भने आर्थिक लाभको कुरा ठाडै अस्वीकार गर्दै भने–‘सुनसहित प’क्राउ परेका उनलाई २ बर्षपछि पठाइएको हो । मुद्दा मिलिसकेपछि २ बर्षसम्म प्राधिकरणमै राखियो । २ बर्षपछि पठाइएको हो ।’



विवादित कर्मचारीलाई उनले प्राधिकरणका देशभरका कार्यालयमा पठाउन छाडेर अन्तर्राष्ट्रिय विमानस्थलमै पठाएपछि महानिर्देशकको नियत उ’दांगो भएको छ । साढे दुई बर्षअघि ४६६ ग्राम अर्थात् ४० तोला सुनसहित खत्री र दोहाबाट सुन ल्याउने मनिष रिमाल प’क्राउ परेका थिए । एयर ट्राफिक कन्ट्रोल रुममा कार्यरत कर्मचारीसँग एयरपोर्टको अल एरिया पास हुन्छ । त्यो पासको दु’रुपयोग गरी खत्रीले सुनत’स्करीको काम गर्दै आएको खुलेको थियो । भन्सारका कर्मचारीले देखेर मात्र उनी प’क्राउ परेका थिए । त्यसअघि पनि उनले सुनत’स्करी गर्दै आएको भन्सार कर्मचारीको अनुमान थियो । तर न्यायालय सेटिङ गरी उनी मु’द्दा मिलाएर पुनः एयरपोर्टमै गएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रताप तिवारीले खत्री एयरपोर्टमा हाजिर भएको पुष्टी गरेका छन् ।९ यूनाइटेड पोस्ट साप्ताहिकबाट साभार








