अबदेखि वैदेशिक राेजगारीका लागि बैंक खाता अनिवार्य


काठमाडौं : नेपाल सरकारले फेरि एउटा अनाैठाै निर्णय गरेकाे छ । वैदेशिक रोजगारीमा जाने युवाले श्रम स्वीकृतिका लागि सोमबारबाट अनिवार्य रुपमा बैंक खाता खोलेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था लागू गरिएको छ ।
काराेबार दैनिकका अनुसार रेमिट्यान्स, सेवा शुल्क, ठ’गी निय’न्त्रण र अन्य आर्थिक कारोबार सहज बनाउन बैंक खाता अनिवार्य गरिएको जनाइएकाे छ । सबै नागरिकले तिर्ने करलाई एकत्रित गर्ने रणनीतिका साथ यसताे व्यवस्था लागु गरिएकाे हाे ।



वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिका लागि कामदारले आफ्नो वा आफ्नो हकवालाको नाममा बैंक खाता खोलेको प्रमाण अनिवार्य पेश गर्नुपर्ने जनाउँदै सूचना समेत जारी गरिसकेको जनाएको छ । विभागले नेपाल राष्ट्र बैंकबाट कारोबार अनुमति लिएका विकास बैंक र वाणिज्य बैंकको कुनै पनि शाखामा खाता खोल्न सकिने जनाएको छ ।








