सुन चाँदीको मूल्य ह्वात्तै बढ्यो हेर्नुस् कतिमा हुँदै छ कारोबार

काठमाडौं, भदौ १८ : साताको चौथो दिन बुधबार सुनचादीको भाउ बढेको छ । यस दिन सुन प्रति तोलमा १ हजार र चाँदी ४५ रुपैयाँले बढेको हो ।

मंगलबार छापावाला सुनको भाउ प्रति तोलमा ५ सय रुपैयाँले बढेर प्रति तोलामा ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा बुधबार भने सुन प्रति तोलामा १ हजार रुपैयाँले बढेर प्रति तोलामा ७३ हजार ५ सय रुपैयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै बुधबार तेजावी सुन ७३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै बुधबार चाँदीको भाउ पनि बढेको छ । बुधबार चाँदी ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर मंगलबार चाँदी प्रति तोलामा ८ सय ९५ रुपैयाँमाकारोबार भएको थियो ।

सुनको मूल्य बढ्दा सुन कारोबार भने ठप्प जस्तै भएको व्यवसायीहरुले बताउँदै आएका छन् ।

छोटो समयमा नै सुनको मूल्य ह्वात्तै बढ्नुमा चीन अमेरिका ब्यापार युद्ध नै प्रमुख कारण मानिन्छ । जसले अमेरीको अर्थतन्त कमजोर बन्दै जाँदा डलरमा भन्दा सुनतर्फ लगानी बढ्दा सुनको मूल्य बढ्न सहयोग पुगेको हो । अमेरिकी केन्द्रीय बैंकले निक्षेपको ब्याजदर घटाउनु पनि अर्को कारणको रुपमा देखा परेको छ ।

सम्बन्धित खवर

Back to top button