तीन महिनामै हावाहुरी पींडितका घर नेपाली से’नाले ठड्यायाे

काठमाडौं : नेपाली से’नाले हावाहुरीले भत्काएका बारा र पर्सा जिल्लाका ८६९ पीडितको घर बनाएर हस्तान्तरण गरेको छ। से’नाले ‘जनता आ”वास कार्यक्रम’ अन्तर्गत बारा जिल्लाका विभिन्‍न पाँच स्थानमा तीन सय चार र पर्साका सात स्थानमा पाँच सय ६५ घर बनाएर पीडित जनतालाई बुधबार हस्तान्तरण गरेको हो।

पर्सा वीरगन्जमा बुधबार एक कार्यक्रम आयोजना गरी सेनाले आफूले बनाएका घर पीडित जनतालाई हस्तान्तरण गर्‍यो। सेनाले बनाएका घर कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सरकारका मन्त्रीहरू, प्रधानसे’नापति पूर्णचन्द्र थापा, रक्षासचिव रेश्मीराज पाण्डे तथा प्रदेश नम्बर(२ का मुख्यमन्त्री लालबाबु राउले संयुक्त रुपमा हस्तान्तरण गरे।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले नेपाली सेनाले आफ्नो ‘गौरबपूर्ण परम्परा’को निरन्तरतालाई कायम राख्दै तोकिएको जिम्मेवारी समयमा नै सम्पन्‍न गरेकोमा खुसी व्यक्त गरे। उनले नेपाली सेना र जनता आवास घर निर्माणमा खटिएका सबै सेनाका कर्मचारीलाई धन्यवाद दिए।

सम्बन्धित खवर

Back to top button