शुक्रबार सुनको मूल्य ह्वात्तै घट्यो

काठमाडौं : शुक्रबार सुनकाे मूल्य ह्वात्तै घटेकाे छ । हिजाे काराेबार भैरहेकाे मूल्यभन्दा तोलामा १४ सय रुपैयाँले घटेको हाे । आज सुन तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुन तोलामा १ सय रुपैयाँले घटेर ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार भने १ हजार रुपैयाँले बढेर ७३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।

चाँदीको भाउ भने सामान्य गिरावट आएको छ । चाँदी तोलाको ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। एक महिनादेखि सुनको भाउमा उता’वचढा’व भइरहेको छ । यद्यपी नेपालमा सुनकाे मूल्यले अहिलसम्मकाे महंगाे रेकर्ड भने बनाएकाे छ ।

सम्बन्धित खवर

Back to top button