‘छोराछोरीको माया पाउन आमाबुबालाई प्रेम गर्नुपर्छ’-डा. योगी विकाशानन्द

काठमाडाैं : डा. योगी विकाशानन्दले जीवन अमूल्य भएकोले प्रत्येक मानिसले आनन्दसँग बाच्न सिक्नुपर्ने बताएका छन् । उनका अनुसार, जीवनमा आनन्दसँग जिउनका लागि सकारात्मक सोच, दृष्टिकोण र विचार आवश्यक छ । यहाँ हामीले उनका केही उपयोगी भनाईहरु उल्लेख गरेका छौं । डा. योगी विकाशानन्दका भनाई तपाईंलाई पनि जीवनउपयोगी हुन सक्छन् : समय मिलाएर एकपटक अवश्य पढ्नुस् :

१) दुःखको भरपुर सदुपयोग गर्नुस् सुख खोज्नै पर्दैन ।, २) हामीलाई लामखुट्टेले होइन हाम्रै अल्छिपनाले टोक्छ ।, ३) सबथोक पाएर दुःखी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महानता हो ।, ४) तपाईं असफलता झेल्न चाहानुहुन्न भने सफलताको हकदार पनि हुनुहुन्न ।, ५) आमा बाबुलाई प्रेम दर्शाउन नसक्नेले छोराछोरीबाट प्रेम खोज्नु अपराध हो ।, ६) जो डरका बाबजुद अघि बढ्छ त्यो नै बहादुर हो ।, ७) यति भिन्नैखाले राजनीतिको अपेक्षा गर्नुहुन्छ भने भिन्नैखाले राजनेता खोज्नुस् ।, ८) मान्छे सम्पत्ति नभएर गरीब कहिल्यै हुँदैन, सम्पत्ति नचिनेपछि बल्ल गरीब हुन्छ ।, ९) अविवाहितहहरु प्रेमको प्रभावले बर्बाद हुन्छन् भने विवाहितहहरु प्रेमको अभावमा बर्बाद हुन्छन् ।

सम्बन्धित खवर

Back to top button