अछाममा गोठाला गएका दुई बालकको खाेलामा डुबेर मृ’त्यु


अछाम : अछाममा गाेठाला गएका दुई बालककाे खाेलामा डु’बेर ज्या’न गएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ७ जनालिबण्डालीको भैसले खोलामा डुबेर दुई जना बालकको ज्या’न गएको हो ।
प्रहरीका अनुसार ज्या’न जानेमा ११ बर्षिय ललित बादी र १२ बर्षिय युकेश दमाई रहेका छन । प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले भने ‘शनिबार विहान गाउँका ५/६ जना केटाकेटी बाख्रा चराउन गोठालो गएका रहेछन पाैडी खेल्ने क्रममा डुबेर दुईजनाकाे ज्यान गएकाे छ ।



घ’टना स्थल पुगेका उनले भने ‘अहिले पोस्टमार्’टमको लागि श’ब जिल्ला अस्पताल मंगलसेन पुर्याइएको छ ।’ घटनाकाे बारेमा थप अनुस’न्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।