‘यथार्थ नबुझी व्यवसायीहरूले देखाए असन्तुष्टि’

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले यथार्थ नबुझी व्यवसायीहरूले असन्तुष्टि जनाउने गरेको संकेत गरेका छन्। नेपाल विद्युतीय व्यवसायी महासंघको दशौं वार्षिक साधारणसभामा मन्त्री खतिवडाले स्विच अन्यत्रै भए पनि सरकारलाई झड्का दिने गरेको बताएका हुन्।

‘विद्युतीय सामग्री मात्रै कडा हुन्छ, चम्किलो हुन्छ भन्ने लागेको थियो। विद्युतको व्यापार गर्दागर्दै क’रेन्ट प्र’वाह गर्ने भइसक्नुभएछ, राम्रै झ’ड्का दिनुहुँदो रहेछ, यद्यपि त्यसको स्विच अन्तै हुन्छ’ मन्त्री खतिवडाले भने।

अर्थमन्त्री खतिवडाले विद्युत् उत्पादन र वितरणमा नेपाल आन्तनिर्भर हुन लागिसकेको अवस्थामा विद्युतीय सामग्रीको उत्पादनमा पनि आत्मनिर्भर हुनुपर्ने बताए। नेपालभित्र उत्पादन हुने विद्युतीय सामग्रीमा सरकारको सानो सहयोगले थप उत्पादन गर्न सकिन्छ भनेर निजी क्षेत्रले स्पष्ट कार्ययोजना बनाउनका लागि खतिवडाको आग्रह छ।

मन्त्री खतिवडाले विद्युत् उत्पादनसँगै त्यसको खपतमा पनि जोड दिनुपर्ने उनको भनाइ छ। पेट्रोलियम ऊर्जालाई विद्युतीय ऊर्जाका माध्यमबाट प्रतिस्थापन गर्न सरकारले निश्चित कार्ययोजना लिएर अगाडि बढेको खतिवडाले बताए। विद्युतीय सामग्रीको आयात गरेर व्यापार गर्ने कार्यमा भन्दा बढी नेपालमै उत्पादन गर्न केन्द्रित हुनको लागि अथर्मन्त्री खतिवडाले व्यवसायीलाई आग्रह गरेका छन्। ‘मुलुकभित्रै उत्पादन गर्नुहोला, उत्पादित वस्तु आयात गर्नका लागि सरकारले भन्सार घटाउने सम्भावना कम छ’ खतिवडाले भने।

सम्बन्धित खवर

Back to top button