जब उडिरहेको कैलाश एयरको हेलिकोप्टरबाट सामान झर्यो

सोलुखुम्बु : सोलु दूधकुण्ड नगरपालिकाको फेरामा उडिरहेको हेलिकप्टरबाट सामान झरेपछी स्थानीयले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका छन् । फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकोप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सामान खसेको स्थानीयवासीले बताएका छन् । फालु विमानस्थलबाट स्याङ्बोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकोप्टरबाट सिरक लगायतका सामग्री झरेको उनीहरुको भनाइ छ । हेलिकोप्टरबाट सामग्री झरेको भन्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय समेतको ध्यानाक’र्षण गराएका छन् ।

कार्गो उडान कम्पनीको लाप’रवाहीका कारण सामाग्री झरेको उनीहरुको आ’रोप छ । प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले कम्पनीले सामग्री ढुवानी गर्दा विशेष साव’धानी अपनाउनुपर्ने बताए । स्थानीयवासीले फोन गरेर उडिरहेको हेलिकोप्टरबाट सामग्री खसेको जानकारी दिएको प्रजिअ खनालले बताए । कम्पनीको सानो कमजोरीले ठूलो दु’र्घटना हुने प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाको भनाइ छ ।

सामान ढुवानी गर्दा सुरक्षालाई विशेष ध्यान दिनुपर्ने उनले बताए । कैलाश एयरका कर्मचारी बिलक श्रेष्ठले अञ्जानमा गल्ती भएकाले त्यसलाई सुधार्ने बताए । नियोजित नभई ध्यान दिँदादिँदै सिरकको पोको झरेकाले आउँदा दिनमा सुधार्ने उनको प्रतिबद्धता छ । उक्त हेलिकोप्टर क्याप्टेन आशिष शेरचनले उडाएका थिए । अघिल्ला दिनहरुमा समेत सामान झर्ने गरेको स्थानीयले बताएका छन् ।

सम्बन्धित खवर

Back to top button