तपाँईसँग मिल्दो जोडी अब फेसबुक डेटिङ एपले नै सुझाइ दिने छ


काठमाडौंं : अब फेसबुकले नै आफूलाई फिट हुने जोडी खोजिदिनेछ । किन भने फेसबुकले ‘डेटिङ’ एप ल्याइसकेको छ । फेसबुक डेटिङ एप एक वर्षसम्म कोलम्बियामा परीक्षण गरिसकेपछि विश्वका २० देशमा उपलब्ध हुनेगरी ल्याइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
अमेरिका, ब्राजिल, क्यानडा, चिली, कोलम्बिया, सिंगापुर, इक्वेडर, गुवेना, लाओस, मलेसिया, मेक्सिको, पारागुवे, पेरु, फिलिपिन्स, सुरीनाम, थाइल्यान्ड, उरुगुवे र भियतनाममा मात्रै उपलब्ध यो एप आगामी वर्ष युरोपमा पनि लन्च हुने फेसबुकले जनाएको छ।



फेसबुक डेटिङ एप १८ वर्ष माथिकाले मात्र चलाउन पाउनेछन् । ‘डेटिङ’ एप साथी खोजिरहेकाहरूका लागि लक्षित गरि निर्माण गरिएको जनाइएको छ । फेसबुकका अनुसार यसले कुनै प्रयोगकर्ताको प्रोफाइलमा राखिएका विवरणका आधारमा मिल्दो जोडी सुझाउनेछ ।
यो एप फेसबुककै जस्तो तर अलग्गै प्रोफाइल बनाउन सकिन्छ ।फेसबुक मोबाइल एपकै अर्को ट्याब खुल्ने छ । यसमा फेसबुकका साथीहरू देखिँदैनन्। तर ‘सिक्रेट क्रस’ नामक फिचर प्रयोग गरेमा भने नौ जनासम्म फेसबुक साथी वा इन्स्टाग्राम फलोअरहरूसँग आफ्ना भावना भन्न सकिनेछ। दुवै जनाले एकअर्कालाई मनपराएमा, यसको जानकारी दिन नोटिफिकेसन आउनेछ। फेसबुकका अनुसार फेसबुक डेटिङ एप निःशुल्क र विज्ञापनरहित रहेको छ ।