फेरि बढ्यो सुनको मूल्य, ताेलाकाे कति ?

काठमाडौं, २३ भदौ : हिजो तोलामा नै ५०० रुपैँयाले घटेको सुनको भाउ आज भने बढेको छ । आज सुन तोलामा २०० रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७१ हजार ७०० रुपैँयामा कारोवार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार ४०० रुपैँयामा कारोवार भइरहेको छ । आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैँयाले घटेको छ । आज चाँदी प्रतितोला ८८० रुपैँयामा कारोबार भइरहेको छ ।

हिजाेआज सुनचाँदीकाे मूल्य तलमाथि भइरहेकाे छ । अन्तार्राष्ट्रिय बजारमा आएकाे फेरबदल असर नेपालमा पनि परिरहेका कारण अघिल्ला वर्षहरुकाे तुलनामा याे वर्ष सुनकाे मूल्यमा भारी वृद्धि भएकाे छ ।

सम्बन्धित खवर

Back to top button