गायक टोनी कक्कर नेपाल आउँदै


काठमाडौं : भारतीय गायक टोनी कक्कर नेपाल आउने भएका छन् । आउँदो अक्टुबर २५ मा क्लब फरेनहाइटमा प्रत्यक्ष सुन्न पाइने भएको छ।
यसअघि आदित्य नारायण झा प्रस्तुत भइसकेको मञ्चमा यसपटक टोनीले आफ्नो गीतसंगीतमार्फत दर्शकलाई मनोरञ्जन दिने भएका छन्।



उनी गत सेप्टेम्बरमै आउने कार्यक्रम थियो। तर अन्तिम समयमा आउन पाएनन् । उनले आउँदो २५ तारिखमा नेपालका संगीत प्रेमीलाई नचाउने भएका हुन्।
पछिल्लो समय नेपालमा भारतीय सेलिब्रेटी आउने क्रम बढ्दो छ । केही समय अघि बलिउड एक्ट्रेस सनी लियोनी नेपाल आएकी थिइन् ।
‘कोका कोला तु, धिमे धिमे, मिले तो हम, ओ हमसफर’ लगायतका गीत गाएर दर्शकको मन जितेका टोनीलाई सीएनआई इभेन्ट्सको आयोजनामा प्रस्तुत गर्न लागिएको हो।
टोनी आफैँमा राम्रो कम्पोजर र लिरिसिस्ट पनि हुन् । उनले फिल्ममा गीतमा कम्पोज गर्नु र स्वर दिनुका साथै आफ्नै सिंगल ट्रयाकहरु पनि सार्वजनिक गरेका छन्।
जसलाई दर्शक तथा श्रोताले रुचाएका छन्। पछिल्ला वर्षहरुमा भारतका चर्चित गायक–गायिकादेखि नायक–नायिका नेपाल आउने क्रम बढेको छ।
टोनीले ‘भिजिट नेपाल २०२०’को अवसरमा हुन लागेको कार्यक्रममा सहभागी हुन आफ्ना शुभचिन्तकहरुलाई आग्रह गरेका छन्।