हाँस्ने मानिसको आयु लामो हुंँने, यस्ता छन् हाँस्नुका फाइदैफाइदा


काठमाडौंं : निरा’सा र कु’ण्ठा पालेर बस्नु भनेको एक हिसाबले डि’प्रेसनको सि’कार बन्नु पनि हो । हांँस्नु मानिसको प्राकृतिक स्वभाव हो । हांँस्न कुनै मूल्य लाग्दैन, बरु यसले करौडौं मूल्यको खुशी भने अवश्य दिन सक्छ ।
हांँसोले मानिस बोल्न नसक्ने कुरालाई समेत भाव बुझाउन सक्छ । मुस्कुराउनु, फिस्स हांँस्नु, रुञ्चे हांँसो हास्नु, अट्टहासले हांँस्नु हांँसोका विभिन्न प्रकारहरु हुन् ।



मानिसको अनुहारमा हांँसोले धेरै ठूलो महत्व राख्दछ । विशेषतः मानिस खुसी हुँदा, आफ्नो हितको कुरा पाउँदा, अडियो, भिडियो, फोटो हरेर, अक्षर पढेर वा विगत, वर्तमान र भबिष्य सम्झेर पनि मानिसहरु हांँस्ने गर्दछन् । हांँस्नु खुशी व्यक्त गर्ने माध्यम मात्र नभई एक प्रकारको उपचार पनि हो ।
हांँसोका फाइदा:
१. फुर्सदको बेला हांँस्ने मानिसको स्वास्थ्यमा यसले निकै लाभ गर्दछ । २. हास्ने मानिसको मस्तिष्कमा सकारात्मक असर परी नकारात्मक भाव कम हुन्छ । ३. हास्दा श्वासप्रश्वास तथा मांसपेशी क्रियाशील भई यसले शारीरीक रुपमा तन्दुरुसती बनाउँछ । ४. हास्नाले अंगप्रत्यंग खुम्चने र फुक्ने गर्दछन् यसले हर्मोन रिलिज भई अक्सिजन प्रवाह हुन्छ । ५. हास्दा फोक्सोमा रहेका विकार कार्बनडाइअक्साइड बनि बाहिर निस्कन्छ र शरीर निरोगि हुन्छ । ६. हास्ने मानिसको शरीरमा क्याटाबोलिक सक्रिय भई मुटुको धड्कन नर्मल हुन्छ । ७. हास्दा शरीरको रक्तसञ्चार प्रणली उत्तेजित हुने तथा मांसपेशी बलियो बन्ने गर्दछ । ८. हास्ने मानिसमा तनाव कम हुन्छ । तनाव कम हुने मानिसको आयु लामो हुन्छ ।