श्रीमतीसहित अघोरी बाबा पक्रा’उ
काठमाडौं : श्रीमतीसहित अघोरी बाबाका रुपमा परिचित विजय केसीलाई ठ’गीको आ’रोपमा प्रहरीले पक्रा’उ गरेको छ । ठ’गीको बारेमा अघोरी बाबा र हालै बिहे गरेकी श्रीमती शारदा पाण्डेलाई प्रहरीले निय’न्त्रणमा लिएर सोधपुछ थालेको छ।
महानगरीय प्रहरी बृ’त्त बौद्धको टोलीले सोमबार दिउँसो उनलाई सोधपुछका लागि निय’न्त्रणमा लिएको महानगरीय प्रहरी परि’सर काठमाडौँका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
‘विदेश पठाइदिन्छु भन्दै ठ’गी गरेको उजु’री परेपछि प्रहरीले सोधपुछका लागि बोलाएको हो’, उनले भने, ‘हामीले उनकी श्रीमतीसहित निय’न्त्रणमा लिएका छौँ।’
अघोरी बाबाकारुपमा परिचित केसी र पत्नीविरुद्ध ठ’गीको आ’रोपमा बौद्ध प्रहरीमा उजुरी परेको थियो। शारदामाथि यसअघि पनि विभिन्न अभियोग लागेका थिए।