पत्थरीका लागि गहत अचुक औषधि, यसरी सेवन गर्न सकिन्छ !

काठमाडौंं : गहत खानु स्वास्थ्यका लागि एकदमै फाइदा छ । पत्थरीका लागि गहत अचुक औषधि हो । तर, त्यहीँ गहतलाई नचिन्ने पनि हुनसक्छन् । यसलाई कुलथी पनि भनिन्छ । गहत खानाले पत्थरी फाल्छ भन्ने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । गहतको सेवनले किड्नी स्टोन फाल्दछ भन्ने विश्वास गरिन्छ । पत्थरीको उपचार गर्दा संधै कडा औषधि प्रयोग गरेको पाइन्छ । तर, घरेलु औषधिमा गहत पनि एक हो ।

पत्थरीको उपचार गहतले कसरी काम गर्छ भन्नेबारे जानकारी पाउनु आवश्यक छ । गहतमा भिटामिन ए पाइने भएकाले पत्थरी बन्नबाट रोक्ने काम यसले गर्दछ । हाम्रो विचार सस्तो सुलभ आफ्नै घरमा भएको औषधि नदिएर हामीले महंगो औषधि सेवन गराउदछौं ।

कसरी पकाउने गहतको दाल ?-गहतको दाल २५० ग्राम ल्याउनुहोस् । राति ३ लिटर जति पानीमा भिजाएर राख्नुहोस् र बिहानै हल्का आगोमा ४ घण्टा पकाउनुहोस् र शुद्ध घिउले झान्नुहोस् त्यसमा कालो मरिच,सिधेनुन, जीरा हलेदो हाल्नु होस् १० एम. एम. सम्मको पत्थरी झार्दछ ।

पत्थरी हुँदा के खाने ?-पत्थरी हुँदा गहत, खरबुजो, मूला, अमला, मूंङको दाल, चौलाई भाजी खाने । ७,८ गिलास पानी दैनिक पिउनु पर्दछ ।

पत्थरीमा के नखाने ?-मासको दाल, मेवा, चक्लेट, माछा, मासु, चिया, भेण्टा, टमाटर आदि खानु हुदैन ।

यस्ता घरेलु औषधिको प्रयोग पत्थरीमा धेरै फाइदा गर्ने देखिन्छ । हामीले यसतर्फ ध्यान पुराउन सकि रहेका छैनौं यो दुर्भाग्य हो । हाम्रो घरको वरपर अनगिन्ती औषधिको भण्डार छ तर उपयोग विहिन बन्दै गएको छ ।

सम्बन्धित खवर

Back to top button