अब तिम्रो विगत कथा जस्तै बनिसक्यो

काठमाडौं : सबै कुराले मान्छेको मन छुदैन । मन छुनका लागि केही न केही खास हुनैपर्छ । यस्तै मन छुने कुरा लेख्ने दार्शनिकका भनाइ प्रस्तुत गर्न गइरहेका छौँ । उनी हुन् १३ औं शताब्दीका कवि मौलाना जलालुद्दीन रुमी । उनको नाम अहिलेसम्म पनि प्रख्यात नै छ ।

रुमीले सिर्जना गरेका कविताहरु अहिले पनि संसारभरका विभिन्न भाषाहरुमा अनुवादित छन् । यहाँ हामीले तीनै दार्शनिक तथा आध्यात्मिक क्षेत्रमा चिरपरिचित रुमीका केही भनाइहरु उल्लेख गरेका छौं । जुन भनाई तपाईंको जीवन उपयोगी बन्न सक्छ ।

१) कुनै पनि कुरा आफूबाट गुम्यो भनेर कहिल्यै पनि दुखी नबन, किनकी जे कुरा गुम्यो त्यो कुनै न कुनै रुपमा तिम्रो जीवनमा फेरी फर्केर आउने पक्का छ । २) सँधै ख्याल गर की तिमी गतिलो पखेटा लिएर जन्मिएका छौ । तर, तिमीले त्यो पखेटालाई प्रयोग गर्न भने सक्नुपर्छ ।

३) अब तिम्रो विगत भनेको कथा जस्तै बनिसक्यो । आज नयाँ बिऊहरु धमाधम उम्रिदैछन् । ४) एउटा कुरा विचार गर की तिमी समुद्रको कुनै एउटा थोपा कदापी होइनौ । तिमी त थोपा भित्रको एउटा समुद्र नै हौ ।

५) तिम्रो काम माया खोज्नु कदापी होइन, तिमीभित्रको अवरोधलाई खोज्नु हो, जुन अवरोधले तिम्रो जीवनमा मायाको आभास हुन दिरहेका छैन । ६) कुनैपनि कुरा टल्काउनका लागि घोट्नै पर्छ ।

७) कुनैपनि फूलहरु फुल्ने पानीको कारण हो, मेघ गर्जनको कारण होइन । त्यसैले तिमी ठूलो आवाजमार्फत होइन, शब्दहरु मार्फत बोल्ने गर । ८) कसैले तिमीलाई डर देखाउने या दुखी बनाउने गर्छ भने उसको वास्ता नगर ।

सम्बन्धित खवर

Back to top button