तिम्रो नाम जपेर अाज म यता, हाँसेर अाए जसै ।
तिम्रो राग सुनेर अाज म यता, नाँचेर अाए तसै ।।
चाहे पढ्छु पुरान नित्य घरमा, मान्दैन मेरो मन ।
तिम्रो काव्य कता छ लोक लयको, लक्ष्मी तिमी नै भन ।।
तिम्रो प्रेम लिएर अाज मनमा, त्यो प्रेमले हाँस्दछु ।
तिम्रो सृष्टि म भित्र बस्दछ सधै, जो सृष्टिले बाँच्दछु ।।
सीता राम कथा पढेर पनि लाै, मान्दैन मेरो मन ।
तिम्रो खै नि कथा पबित्र रचना, लक्ष्मी तिमी नै भन ।।
भित्री भाव छरेर प्रेम कविता, शन्देशका खातिर ।
चुम्दै गन्ध फिजाउने बिरहका, यो देशका अाखिर ।।
पढ्दा बाैद्व कुरान बाइबल लाै, मान्दैन मेरो मन ।
तिम्रा निर्मल खै अपार रचना, लक्ष्मी तिमी नै भन ।।
भो श्रद्धाञ्जली ल भाव गहिरो, मेरो छ लाखाै जुनी ।
तिम्रा पुस्तक लाै सधै अमरभै, बाँची रहोसै भनी ।।
कस्तो लेखु कथा सधै हजुरको, चर्चा गरेको क्षण ।
पुज्ने फूल कि हुल वा जगतले, लक्ष्मी तिमी नै भन ।।
डिल्ली थापा “चिन्तन”