जब अपरिचित समूहले लुगा धुँदै गरेकी महिलाको दुवै स्त’न का’टिदिए…


भोजपुर – जिल्लाकाे एक गाउँमा अपरचित समूहले एक महिलाकाे स्त’न का’टिदिएका छन् । षडानन्द नगरपालिका–८, तुङ्गेछाको सेमेङमा अपरिचित मान्छेको समूहले लुगा धुँदै गरेकी एक महिलाको दुवै स्त’न का’टिदिएका हुन् ।
स्थानीय खकुवाखोलामा बुधबार दिउँसो लुगा धुन गएकी ३० वर्षीया एक महिलाको मकुण्डोधारी २ जनाको समूहले स्त’न का’टेर भा’गेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी नरबहादुर सलामी मगरले जानकारी दिए । कपडा धोइरहेकी ती महिलालाई जब’रजस्ती निय’न्त्रणमा लिएर स्त’न का’टी ग’म्भीर घा’इते बनाएर मुकुण्डाधारी भा’गेको डीएसपी मगरले बताए ।



प्राथमिक उपचार केन्द्र दिङ्लामा उपचार हुन नसकेपछि महिलालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको डीएसपी मगरले जाकारी दिए । प्रहरीका अनुसार घट’नामा सं’लग्न समूहको ती’व्र रुपमा खो’जी भैरहेको छ ।








