दलित भएको थाहा पाएपछि पूजा मण्डप छोडेर भाग्ने पुरोहितविरुद्ध मु’द्दा


कपिलवस्तु : दलितको घर भनेर थाहा भएपछि पूजा मण्डप छोडेर भा’ग्ने पुरोहितविरुद्ध मु’द्दा दाय’र गरिएको छ । प्रहरीले जातीय छुवाछूत तथा अप’माजनक व्यवहारको क’सुरमा दुई पुरोहितविरुद्ध मु’द्दा द’र्ता गरेको हो । इलाका प्रहरी कार्यालय चन्द्रौटाका अनुसार वाणगंगा नगरपालिका–८ चप्पर गाउँका ६५ वर्षीय भीमप्रसाद पोख्रेल र अर्का नाम नखुलेका पुरोहितमाथि मु’द्दा दर्ता गरिएको हो।
छुवाछूत तथा भेदभाव र अपमानजनक व्यवहार गरेको अभियोग लागेका पुरोहित पोख्रेललाई प्रहरीले पक्रा’उ गरेपनि अर्का पुजारी भने फ’रार रहेका छन्। अघिल्लो शनिबार शिवराज नगरपालिका ५ चन्द्रौटाका मिलन विश्वकर्माले नि’र्माण गरेको नयाँ घरको पूजा, रुद्री, सत्यनारायण पूजालगायतको कार्यका लागि पुजारीहरू पोख्रेल र अर्का एक पुजारीलाई बोलाइएको थियो।



पूजा सुरु गर्ने क्रममा घरमुली दलित भएको भन्ने थाहा पाएपछि बाहाना बनाएर पूजा मण्डप छो’डेर २ जना पुजारी भा’गेको घरमुली विश्वकर्माले बताए। पक्रा’उ गरिएका पुजारी पोख्रेललाई ७ दिनको म्या’द थप गरी घटनाबारे अनुस’न्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक सुनील मल्लले बताए । पुजारीहरूबाट आफू दलित भएकै कारण गरिएको अप’मानजक व्यवहारले पींडा भएको घरमूली मिलनले बताए। छुवाछूत तथा अपमा’जनक व्यवहारको क’सुर प्रमाणित भए ३ वर्ष कैद वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै हुन सक्ने कानूनी व्यवस्था रहेको छ।