१० वर्षमा २२ अर्ब ठ’गी, बैंकिङ अप’राधमा कर्मचारीकै संलग्नता

काठमाडौं : १० वर्षमा २२ अर्ब ठ’गी हुने गरी बैंकिङ अप’राधमा कर्मचारीहरुकै संल’ग्नता रहेकाे पाइएकाे छ । नेपाल प्रहरीको केन्द्रीय अनुस’न्धान ब्युरो (सिआइबी)ले बैकिङ अप’राधमा कर्मचारीहरुकै संल’ग्नता रहेकाे तथ्य बाहिर ल्याएकाे हाे । सिआइबीले १० वर्षकाे अवधिमा बैंककै कर्मचारीहरुकाे मिलेमतोमा २२ अर्ब रुपैयाँभन्दा धेरै अनिय’मितता भएको जनाएकाे छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुस’न्धान ब्युरोले दश वर्षभित्र बैकिङ कसुरमा ५२ बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारीसहित हजारभन्दा धेरै जनाविरुद्ध मु’द्दा चलाएको छ। उनीहरूसँग २२ अर्ब ६ करोड ८ लाख ४६ हजार ८३४ रुपैयाँ बराबरको बि’गो दा’बी गरिएको छ । हाल सिआइबीले नेपाल बैंकका नवौं तहका कर्मचारी भूपराज कोइरालाले गरेको करिब ६० लाख रुपैयाँ अनिय’मितता घट’नामा छा’नबिन गरिरहेको छ। दुई महिनाअघि ब्युरोले बैंक अफ काठमाण्डूका पूर्वसिइओ अजय श्रेष्ठसहितका कर्मचारीविरुद्ध दुई करोड ५० लाख बि’गोको मु’द्दा दा’यर गरेको थियो ।

श्रेष्ठ पु’र्पक्षका लागि कारा’गार चलान भएका छन् । खोलाको जग्गालाई राजमार्गछेउको भनेर क’र्जा दिई अनि’यमितता गरेको भन्दै प्रहरीले मु’द्दा चलाएको थियो । देवः विकास बैंकको घोराही शाखामा पनि कर्मचारीकै मिलेमतोमा १८ करोड अनिय’मितता भएको थियो । त्यसमा गत महिना मात्र प्रहरीले मु’द्दा दा’यर गरेको छ । बैंकका प्रबन्धक समीर बुढाथोकीकै योजनामा बैंकभित्र अनियमितता भएको थियो । ०६८ देखि सिआइबीले बैंकिङ क’सुरमा अनुस’न्धान थालेको हो ।

सिआइबीका अनुसार क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सबाट सात अर्ब ७३ करोड ५७ लाख, नेपाल सेयर मार्केट एन्ड फाइनान्सबाट पाँच अर्ब ७९ लाख, एपेक्स बैंकबाट एक अर्ब ५० करोड, एच एन्ड बी डेभलपमेन्ट बैंकबाट एक अर्ब पाँच करोड ३३ लाख, गोरखा डेभलपमेन्ट बैंकबाट ८६ करोड ७३ लाख, पिपुल्स फाइनान्सबाट ७३ करोड ९२ लाख, किस्ट बैंकबाट ५७ करोड ४४ लाख, हिमालयन फाइनान्स र वैभव फाइनान्सबाट ५३ करोड ६ लाख, क्रिस्टल फाइनान्सबाट ४४ करोड ६१ लाख, नेपाल विकास बैंकबाट ३६ करोड पाँच लाख, कृषि विकास बैंक (स्वयम्भू शाखा)बाट ३३ करोड ९३ लाख, बुटवल फाइनान्सबाट २७ करोड २६ लाख, सिद्धार्थ डेभलपमेन्ट बैंकबाट २५ करोड २८ लाख, नेपाल बैंकबाबट १५ करोड ५१ लाख, किस्ट बैंकबाट १५ करोड १६ लाख, जनरल फाइनान्सबाट १३ करोड ९९ लाख, एनआइडिसी क्यापिटल मार्केटबाट १३ करोड १७ लाख, कृषि विकास बैंक (लगनखेल शाखा)बाट १० करोड ६२ लाख, युनाइटेड विकास बैंकबाट नौ करोड २४ लाख, प्रोग्रेसिभ फाइनान्सबाट सात करोड ६९ लाख, हामा मर्चेन्ट एन्ड फाइनान्सबाट सात करोड ६० लाख, एनआइसी एसियाबाट ६ करोड ७४ लाख, सम्झना फाइनान्सबाट ६ करोड २८ लाख, एनआइडिसी क्यापिटल मार्केटबाट चार करोड ७८ लाख, राष्ट्रिय वाणिज्य बैंक (धुलिखेल शाखा)बाट चार करोड ७१ लाख, पश्चिमाञ्चल फाइनान्सबाट चार करोड ४६ लाख, कृषि विकास बैंक (न्युरोड शाखा)बाट चार करोड ४२ लाख रुपैयाँ अनियमितता भएकाे थियाे ।

यस्तै, कैलाश विकास बैंकबाट तीन करोड ४१ लाख, मञ्जुश्री फाइनान्सबाट तीन करोड २१ लाख, श्रीलंका मर्चेन्ट एन्ड फाइनान्सबाट दुई करोड ९२ लाख, एनबी बैंकबाट दुई करोड ९२ लाख, सामुदायिक लघुवित्तबाट दुई करोड ५७ लाख, बैंक अफ काठमाण्डूबाट दुई करोड ५० लाख, देवः विकास बैंकबाट दुई करोड १० लाख, माछापुच्छ्रे बैंकबाट एक करोड ४२ लाख, यती डेभलपमेन्ट बैंकबाट एक करोड ४० लाख, मञ्जुश्री फाइनान्सबाट एक करोड ३४ लाख, सिटिजन्स बैंकबाट एक करोड २८ लाख, सिभिल बैंकबाट एक करोड २३ लाख, कृषि विकास बैंक (रत्नपार्क)बाट एक करोड १० लाख, प्रुडेन्सियल फाइनान्सबाट ८७ लाख, ग्लोबल आइएमई बैंकबाट ८६ लाख ७० हजार, राष्ट्रिय वाणिज्य बैंकबाट ८१ लाख १२ हजार, सिभिल बैंकबाट ४५ लाख ४५ हजार, नबिल बैंकबाट ४४ लाख ४९ हजार, सिभिल बैंक (बौद्ध शाखा)बाट ३५ लाख ६१ हजार, इम्पेरियल फाइनान्सबाट ३० लाख ६८ हजार, सनराइज बैंकबाट २२ लाख ७७ हजार, एभरेस्ट बैंकबाट १९ लाख ५० हजार र हिमालयन बैंकबाट ६ लाख ५८ हजार रुपैयाँ अनियमितता भएकाे थियाे ।

सम्बन्धित खवर

Back to top button