६७ वर्षीय वृद्धको २१ वर्षीय युवतीसँग विहे (हेर्नुस् भिडियो)

इलाम : बुढापाकाले भन्ने गर्थे ‘बाँच्नु मात्रै पर्छ, के-के देख्न पाइन्छ !’ ठ्याकै त्यही भनाइ जस्तै लाग्ने सुन्दा अचम्म र रोचक प्रसंग पस्किने कोसिस गरिएको छ । इलामका सिंह प्रसाद लिम्बु ६७ वर्षका भए । उनै ६७ वर्षीय लिम्बुले २१ वर्षीय एक युवतीसँग विहे गरेर सबैलाई आश्चर्यमा पारेका छन् । आफूभन्दा ४७ वर्ष कान्छी श्रीमती विवाह गरेका उनी निकै खुशी पनि देखिन्छन् । भर्खरै विहे गरेकी श्रीमती पूजा लिम्बु भर्खरै २१ वर्ष पुगेको बताउँछिन् ।

हुन त पूजा शारीरिक रुपमा अपांग छिन् । उनको जन्मजात नै एउटा हात अपांग छ । तर, सबै काम गर्न सक्छिन । उनले ती वृद्धसँग विहे गर्नुको कारण भने अर्कै छ । उनी भन्छिन् ‘भर्खरको ठिटोहरुले छोडी हाल्छन, बुढो पक्का हुन्छ ।’

उनीहरुको प्रेम कथा सुन्दा अझै रोचक लाग्छ ! सुरुमा भेट हुँदा लिम्बू पूजाकै घरमा उनका बि’रामी बुवालाई भेट्न गएका थिए । सोही ठाउँबाट चिनजान अगाडी बढेको थियो । त्यसपछि फोन नम्बर पनि साटासाट भयो । फोनबाट कुराकानी हुने क्रममा लिम्बूले विहेको प्रस्ताव राखेका थिए । पूजाले पनि उनको प्रेम प्रस्तावलाई सहर्ष स्वीकार गरिन् ।

सिंह प्रसादले यत्तिका उमेर सम्म विवाह नै नगरेका भने हैनन् । वास्तवमा उनले पूजा भन्दा अगाडी नै चार ओटा विहाह गरिसकेका छन् । पूजा पांँचौं श्रीमती रुपमा भित्रिएकी हुन् । तर, उनीसँग अरु पत्नीहरु कोही पनि साथमा छैनन् । कसैको मृ’त्यु भैसकेको छ भने कोही छोडेर पोइल हिडिसकेका छन् । अघिल्लो श्रीमतीबाट एक सन्तान रहेको लिम्बू बताउँछन् । उनी भन्छन् ‘छोराले विहे गरेर घर गृहस्थिति चलाउउँछ कि भनेको केही नगरेपछि आफै विहे गर्न पर्‍यो ।’
उनीहरुसँग भएको अन्तरंग कुराकानी  :

सम्बन्धित खवर

Back to top button