अध्ययन भन्छ ‘सबैभन्दा बाैद्धिक पहिलाे सन्तान हुन्छ’


काठमाडाैं : समाज यति धेरै आधुनिक बनिसकेकाे छ । जहाँ हरेक कुराकाे अध्ययन अनुस’न्धान दिनप्रतिदिन हुन्छ । समाजका लागि प्रत्येक व्यक्तिकाे भूमिका महत्वपूर्ण हुन्छ । त्यसकारण अचेल व्यक्तिका आचरण, स्वभाव र बाैद्धिकतालाई समेत मापन गर्न थालिएकाे पाइन्छ । हरेक परिवारमा आमा बाबूको आफ्ना सन्तानप्रति ठूलो जिम्मेवारी रहने गर्छ। आमाले आफ्ना सन्तानलाई ९ महिना कोखमा राखेर जन्म दिने गर्छिन् । नवजात शिशुको पालन पोषण देखि अन्य कुराहरुमा ध्यान दिनु आमाको मात्र नभई बाबूको समेत कर्तव्य रहने गर्छ। आफ्ना सन्तानको भविष्य कस्तो बनाउने भन्ने कूरा तिनलाई बाल्यकालमा सिकाएका पाठहरुमा निर्भर हुने गर्छ।
अभिभावकले आफ्ना हरेक सन्तानलाई बराबर माया गर्ने गर्छन् र उनीहरु सबै सन्तानलाई एकै नजरले हेर्छन । तैपनि हालै गरिएको एक अनुस’न्धानमा परिवारको पहिलाे सन्तान अन्यको तुलनामा फुर्तिलो र बौद्धिक हुने खुलासा भएको छ । जर्मनस्थित लिपजिग युनिभर्सिटीका अनुस’न्धानकर्ताहरुले गरेको अनुस’न्धानले अधिकांश परिवारका जेठो सन्तान बौद्धिक हुने पुष्टि गरेको हो । जेठो सन्तानको तुलनामा माइलो कम बौद्धिक वा कम व्यवहारिक हुन्छ भने कान्छो सन्तान त्यसभन्दा कम मात्र जि’म्मेवार हुन्छन् र उनीहरुको बौद्धिकतामा समेत कमि आउने बताइएको छ ।



सबैको परिवारको हककमा उक्त अध्ययन लागू नहुने भएपनि अधिकांशमा यो पुष्टि भएको अनुस’न्धान प्रतिवेदनमा भनिएको छ । जेठो पछिका सन्तानमा अभिभावकहरुबाट पाउने गुणमा समेत कमि आउने भएकाले पनि उनीहरु हरेक दृष्टिले क’मजोर हुने दा’वी गरिएको छ । प्रोसिडिङ अफ दी नेसनल एकेडेमी अफ साइन्समा प्रकाशित यो अध्ययन थुप्रै बालबालिकाको भी’डमा गरिएको बताइएकाे छ ।