जब जागिरको लोभ देखाएर भाउजूले पुर्याइन् वे’श्यालय…


काठमाडाैं : जागिरकाे लाेभ देखाउँदै एकजना भाउजूले नै नन्दलाई वे’श्यालय पुर्याएकाे तथ्य बाहिरिएकाे छ । हाेन्डा कम्पनीमा जागिर लगाइदिने भन्दै भाउजूले नै भारतकाे काेठीमा पुर्याइदिएकाे खबर कान्तिपुर दैनिकले छापेकाे छ । यसरी खुल्याे घ’टनाकाे पर्दा: नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोको अफिसियल फेसबुक पेजमा मंसिर ८ मा एउटा सन्देश आयो । सन्देशमा वैदेशिक रोजगारीमा रहेका एक व्यक्तिले १२ वर्षको उमेरमा घरबाटै हराएकी आफ्नी छोरी दिल्लीको वे’श्यालयमा बेचिएकाले छिटोभन्दा छिटो उ’द्धार गर्न आ’ग्रह गरेका थिए । सन्देश पाएपछि प्रहरीले तत्कालै अनु’सन्धान अगाडि बढायो ।
किशोरीलाई दिल्लीको वे’श्यालयसम्म पुर्याउने घटनाको सुरुवात ०७३ कात्तिकमा भएको थियो । त्यतिबेला दीपावलीको रौनक सुरु हुनै लागेको थियो । ९ कक्षामा पढ्ने किशोरीको मन भने भिन्नै कुराले तु’लबुल भइरहेको थियो । काठमाडौंको पूर्वी भागमा बाबुआमासँग डेरा गरेर बसेकी उनलाई भाउजू (भाञ्जादाइकी श्रीमती) ले अनाैंठाे सपना देखाउँदै घरबाटै लिएर हिँडेकी थिइन् । भाउजूले उक्साउँदै भनेकी थिइन्, ‘पढेर के गर्छौ बरु भारत जाम । होन्डा कम्पनीमा मासिक २० हजार आउने जागिर मिलाइदिन्छु ।’



नयाँ ठाम देख्न पाइने, रुचिअनुसारको कपडा लगाउन पाइने, मिठो खान पाइने र पैंसा पनि कमाइने प्रलोभनको जा’लमा किशोरी परिहालिन् । उनलाई के थाहा, भाउजूले देखाएको नक्कली सपनाको बाटो हिँड्दा दिल्लीको कोठीमा पुगिन्छ भन्ने । अनि उनलाई के थाहा, न’र्कजस्तो जिन्दगीको बाटोतर्फ आफूलाई हिँडाइएको छ भन्ने । भाउजूसँगको सल्लाहमा उनी खुसुक्क घरबाट निस्किइन् ।
भाउजूले उनलाई नजिकैको बसपार्कसम्म ल्याइदिइन् र लामा थरकी एक साथीको जिम्मा लगाइदिइन् । ती युवतीले उनलाई कोटेश्वर हुँदै महोत्तरीको ढल्केवर पुर्याइन् र सिम्रन भन्ने सीता लामालाई जिम्मा लगाइन् । सीताले किशोरीलाई वीरगन्ज लगेर एक रात राखी रक्सौल हुँदै दिल्ली पुर्याइन् । धनुषा बेंगाडाबर घर भई दिल्लीमा वे’श्यालय सञ्चालन गरी बस्ने जोस्ना भनिने जुना खड्काले किशोरीलाई आफ्नो जिम्मामा लिइन् । प्रहरी अनुस’न्धानले जुना र किशोरीकी भाउजूबीच पनि नातासम्बन्ध रहेको देखाएको छ । होन्डा कम्पनीको जागिर खाने सपना देखेकी किशोरी त्यतिबेला चकित परिन्, जतिबेला जुनाले उनलाई अ’श्लिल भिडियो देखाउँदै सोधिन्, ‘तिम्लाई यस्तो गर्न आउँछ ?’ । जुनाका एक साथी थिए, दीपक । कलिली किशोरीलाई देखेपछि दीपकले भने, ‘यिनी नयाँ नै छिन्, तयार हुन एक महिना लाग्छ ।’ त्यसपछिका केही साता उनले जुनाकै घरमा सरसफाइको काम गरिन् ।
प्रहरीका अनुसार प्रत्येक दिन अ’श्लील सामग्री देखाउँदै किशोरीमा उ’त्तेजना ल्याउने प्रयास गरिएको देखिन्छ । जब उनीहरूलाई किशोरी तयार भइन् भन्ने लाग्यो, त्यसपछि नाम बदलेर सोनिया राखिदिए । दिल्ली पुगेको १५ औं दिन किशोरीलाई जुनाले जब’र्जस्ती म’दिरा ख्वाइदिइन् र एक ग्राहकसँग यौ’न सम्पर्कका निम्ति बा’ध्य पारिन् । किशोरीले प्रहरी बयानमा त्यस्तो कामबापत जुनाले ५० हजार भारतीय रुपैयाँ बुझेको बताएकी छन् ।
किशोरीलाई जुनाले लगाएको काम स्वीकार्य थिएन तर उनी परिब’न्दमा परेकी थिइन् । घर फर्कन्छु भनेर जि’द्दी गरेपछि जुनाले भनिन्, ‘तिम्लाई १५ हजारमा किनेको हो । पैसा फिर्ता गरे पठाइदिन्छु ।’ आफूलाई दिल्ली पुर्याइदिएबापत जुनाले १३ हजार रुपैयाँ र एउटा मोबाइल सेट भाउजूलाई पठाइदिएको बयान पनि किशोरीले दिएकी छन् । त्यसपछिका दिन सजिला रहेनन् । प्रत्येक दिन जब’र्जस्ती म’दिरा पि’लाउने र यौ’न सम्पर्कका निम्ति बा’ध्य पार्ने क्रम चलिरह्यो । प्रत्येक दिन ३ देखि ५ जनासँग यौ’न सम्पर्कका निम्ति बा’ध्य पारिएको किशोरीले बताएकी छन् । उनले भनेकी छन्, ‘जुनाले एक रात ग्राहकसँग बसेबापत १५ हजार र एकपटक यौ’नसम्पर्क राखेबापत ५ हजार लिने गर्थिन् ।’ साँझ ढल्किन थालेपछि मानिसहरू आ–आफ्नो घरतिर कुद्थे । उनलाई भने वे’श्यालय लगिन्थ्यो र ग्राहकसँग रात का’ट्न लगाइन्थ्यो । किशोरीले राति ९ देखि बिहान २/३ बजेसम्म आफूलाई विभिन्न ग्राहकसँग सुताइने गरेको प्रहरीलाई बताएकी छन् ।
जुनाले कतिपय ग्राहकसँग घन्टाअनुसार पनि रकम लिने गरेको किशोरीले बताइन् । बयानका क्रममा उनले आफूसहित तीन–चार किशोरीलाई केही पैंसावालसँग घण्टौंसम्म सामूहिक यौ’न सम्पर्कका निम्तिसमेत बा’ध्य पारिएको बताएकी छन् । जुनाले बेला–बेला उनलाई सिंगार्न ब्युटीपार्लर लैजान्थिन् । नयाँ कपडा किन्दिथिन् अनि फोटो खिचेर विभिन्न ग्राहकलाई पठाउँथिन् । किशोरीलाई यौ’नधन्दाका निम्ति तयार पार्न भन्दै जुनाले हर्मोन वृद्धि गर्ने खालका औ’षधि इ’न्जेक्सनमार्फत दिएको देखिन्छ । उ’द्धार गरिएकी किशोरीलाई मानव बे’चबिख’न ब्यु’रोले वी’र अस्पता’लमा स्वास्थ्य परी’क्षणका लागि पठाएको थियो । अनुस’न्धानमा सं’लग्न एक अनुस’न्धान अधिकारीले धेरै दूध दिनका निम्ति गाईलाई लगाइने इ’न्जेक्सनसमेत किशोरीलाई लगाएको सुनाए ।
अनुस’न्धान अधिकारीका अनुसार दिल्लीको रानीबाग र रोहिणीमा दुईवटा फ्ल्याट लिएर जुनाले वे’श्यावृत्तिको ध’न्दा चलाएकी थिइन् । जुनाको वे’श्यालयमा चार जनासम्म किशोरीलाई यौ’नधन्दामा लगाइएको प्रारम्भिक अनुस’न्धानले देखाएको छ । आफ्नै फल्याटमा आउने ग्राहकका अलावा जुनाले किशोरीहरूलाई ग्राहकले भनेअनुसार विभिन्न होटलसम्म लैजाने गरेको देखिन्छ । पीडित किशोरीका अनुसार जुनाले ग्राहक भेटाउन भन्दै उनलाई नेपालको सिमानासम्म ल्याइपुर्याउँथिन् । किशोरीलाई आफ्ना बाबु र आमाको याद नआएको होइन् तर भाउजूको पछि लागेर भागेकै कारण बाबुआमासँग कसरी मुख देखाउने भन्ने भ’यले उनलाई गाँ’जिरह्यो । त्यसमाथि बेलाबखत आफ्नै फ्ल्याटमा आइपुग्ने भाउजूले भन्ने गर्थिन्, ‘भागेर कहीँ जाने कोसिस नगर । भाग्यौ भने तिमीलाई ठिक हुँदैन ।’ जुनाको नि’गरानी र भाउजूको ध’म्कीले उनी खु’म्चिएरै बसिन् ।
ग्राहकसँग कुरा गर्न सजिलो होस् भनेर जुनाले उनलाई ल्यांग्वेज इन्स्टिच्युटमा पनि भर्ना गरिदिएकी थिइन् । भय, सं’कोच र लोकला’जले उनले आफ्नो ब्य’था कसैलाई भन्न सकिनन् । आफ्ना साथीहरूलाई उनी दिदीसँग बस्ने बताउँथिन् । अघिल्लो महिना जुना उनलाई फ्ल्याटमा एक्लै छाडेर नेपाल आइन् । त्यही बेला उनकी एक जना साथी उनीसँगै बस्न फ्ल्याटमा आइन् । भोलिपल्ट उनी तिनै साथीसँग उनको घरमा बस्ने गरी गइन् । साथीको बाबुआमा र परिवार देखेर उनलाई आफ्नो घर र बाबुआमाको याद आयो । उनले डराइडराइ साथीलाई परि’बन्दको सबै कथा बताइन् । ती साथीले काठमाडौंमा रहेकी उनकी आमालाई छोरीको अवस्था’बारे बताइदिइन् । आमाले वैदेशिक रोजगारीमा रहेका बाबुलाई सुनाइन् । अनि बाबुले फेसबुक पेजमा सन्देश छाडे ।
सन्देश पाउनेबित्तिकै मानव बे’चबिख’न ब्यु’रोका अनुस’न्धान अधिकारीले दिल्लीस्थित नेपाली दूतावासमा रहेका प्रहरी सहचारी एसएसपी राजन अधिकारीलाई किशोरीलाई उ’द्धार गर्न अनु’रोध गरे । राजनले उ’द्धार गरेर किशोरीलाई नेपाल पठाइदिए । अनि प्रहरीले ९ गते धनुषाको बेंगाडाबरस्थित घर आएकी ३४ वर्षीया जुना र सीता लामालाई पक्रा’उ गर्यो । मानव बेचबिखन ब्यु’रोले फ’रार रहेकी भाउजूलाई पनि खो’जिरहेको छ भने पक्रा’उ परेकाहरूलाई मानव बे’चबिख’न तथा ओसारपसार ऐनअन्तर्गत का’रबाही प्रक्रिया अगाडि बढाएको छ । ब्यु’रोले जुनाको पृष्ठभूमिबारे अनुस’न्धान गरिसकेको छैन । अनुस’न्धानमा संल’ग्न प्रहरीका अनुसार केही वर्ष अघिसम्म जुना भारतमै बस्ने नेपालीसँग मिलेर अवै’ध रूपमा वैदेशिक रोजगारीमा नेपाली युवा पठाउने कामसमेत गर्थिन् ।