सेजन अवार्डद्वारा दुई पत्रकार सम्मानित

काठमाडौं : सेजन अवार्डद्वारा नेपाली पत्रकारिता क्षेत्रका दुई पत्रकार सम्मानित भएका छन् । पत्रकार मात्रिका दाहाल र पत्रकार केदार दाहाल यस वर्ष सेजन अवार्डद्वारा सम्मानित भएका हुन् । सेजनले हरेक वर्ष स्थापना दिवसमा छापा माध्ययमबाट उत्कृष्ट समाचार लेख्‍ने एकजना र विद्युतीय माध्‍यमबाट उत्कृष्ट समाचार लेख्‍ने एकजनालाई अवार्ड दिँदै आएकोमा यस वर्ष दुई दाहाल पत्रकार उक्त अवार्डद्वारा सम्मानित भएका हुन्।

नागरिक दैनिकबाट बालुवाटारको जग्गाको सवालमा समाचार लेखेका मातृका दाहाल र काठमाडौं प्रेसबाट काठमाडौं-हेटौँडा सुरुङ मार्गमा जनताको ठूलो रकम फसेको सवालमा लेखेको समाचारबाट केदार दाहाललाई अवार्ड दिइएको हो। अहिले भने उनीहरू क्रमश कान्तिपर दैनिक र नयाँ पत्रिका दैनिकमा कार्यरत रहेका छन्। उनीहरूलाई अवार्डसहित ५०/५० हजार पुरस्कार दिइएको हो।

त्यस्तै एक लाख रुपैयाँ राशिको स्व’र्गीय सञ्जय न्यौपाने पत्रकारिता फेलोसिप रमेशकुमार न्यौपानेले पाएका छन् भने २५ हजार रासीको हाइड्रो फेलोसिप अन्‍नपूर्ण दैनिकका राजु बास्कोटाले प्राप्त गरेका छन् । सेजनले लामो समयदेखि आर्थिक पत्रकारितामा कमल चलाइरहेका ४ जनालाई सम्मान गरेको छ। जसमा गोरखापत्र दैनिकका जुनारबाबु बस्‍नेत, सञ्‍चारिकाकी अध्यक्षसमेत रहेकी पत्रकार नितु पण्डित, सेजनका संस्थापक रामप्रसाद दाहाल र सुनाखरीका सम्पादक शिव दुवाडीलाई सम्मान गरिएको छ।

सम्बन्धित खवर

Back to top button