चन्द्र ढकाल जसले बैंकको जागिर छोडेर व्यवसाय सुरु गरे

काठमाडौं : नेपालका एक जना चिर परिचित उद्य’मी हुन् चन्द्रप्रसाद ढकाल । उनले सामाजिक काममा ठूलो राशीका आर्थिक सहयोग गर्ने गरेका छन्। कार्गो व्यवसायबाट व्यवसायिक यात्रा शुरु गरेका ढकाललाई कामप्रतिको लगनशीलता, जो’खिम मो’ल्न सक्ने क्षमता, मिलनसारिता जस्ता कुराले आजको स्थानमा पुर्‍यायो । न्यून आर्थिक पृष्ठभूमिबाट आएका ढकाल हाल वित्तिय क्षेत्रमा मात्र होइन जलविद्युत उत्पादन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, सवारीसाधन विक्री, केबुलकार लगायतका क्षेत्रमा छाएका छन् । ०४५ सालमा वाणिज्य बैंकमा जागिर सुरु गर्दा चन्द्र ढकालले सोचेका पनि थिएनन् कि भविष्यमा व्यवसायी बन्छु भनेर ।

तर, जागिर गर्दागर्दै व्यवसायमा लागे । जागिर र व्यवसाय सँगसँगै बढाउन सकेनन् । उनले २०५० सालमा वाणिज्य बैंकको सहायकस्तरको जागिर छाडेर पूर्णरुपमा व्यवसायमा होमिए । ‘जागिर खाइरहेका बेला म व्यवसाय पनि गर्थें । कर्मचारी भएकाले बैंकले मलाई व्यवसाय गर्न ऋ’ण दिएन ।’ ढकालले भने ‘त्यसपछि बैंकबाट ऋ’ण लिएर व्यवसायलाई निरन्तरता दिनकै लागि जागिर छो’डिदिएँ ।’

सरकारी जागिर छोडेर व्यवसाय सुरु गर्दा पनि ढकालले सोचका थिएनन् कि यतिठूलो सफलता हासिल गर्छु भनेर । तर, उनले यसरी प्रगतिको शिखर चुमे कि, त्यो प्रगतिलाई देख्दा आरिसेहरुको मन ज’ल्छ र सकरा’त्मक सोच भएकाहरुलाई उत्साह मिल्छ ।

यसरी वि’त्यो वाल्यकाल

उनी बागलुङ जिल्लाको अमलाचौर गाउँ विकास समिति वडा नं ४, कुंडहरमा बुवा स्व’र्गीय हिरण्य ढकाल र आमा जानुकादेवी ढकालको कोखबाट जन्मेका हुन्। एसएलसी दिउञ्जेलसम्म उनी मामाघर बसेका थिए । घाँस-दाउरा, मेलापात, गाई, चित्रा, भकारीसबैसँग उनी भिजेका थिए । पारिवारिक आर्थिक अवस्था मजबुत भएको भए स्मृतिका पाना पल्टाउँदा सायद ढकालको बाल्यकालमा डोको, नाम्लोको सन्दर्भ हुँदैनथ्यो होला । गाउँ छँदा उनले दिनहरूमा चोया काढेका थिए, डोको बुनेका थिए, नाम्लो बुनेका थिए । एसएलसी परीक्षा नजिकिँदै गएको बेला त्यही बीचमा बुवाको मृ’त्यु भयो । बुवाको मृ’त्युले पढाईमा प्रत्यक्ष अ’सर गर्‍यो । एसएलसीको नतिजा आउँदा अंग्रेजी विषय लागेको थियो उनलाई । दोस्रोपटकको एसएलसीमा भने अंग्रेजी विषय कटाए । त्यसपछि उच्च शिक्षाका लागि काठमाडौं आइपुगे ।

औपचारिक शिक्षा कति ?

उनले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक गरेका छन्। काठमाडौं आउँदा ३५ सय रुपैंयाँजति थियो उनको खल्तीमा । ०४१ सालको कुरा हो । काठमाडौंको मैपीमा आफ्ना काका र मामाका छोराछोरी (भाइबहिनी) थिए पढ्न भनेर आएका । ढकाल काठमाडौं आएपछि उनीहरुसँगै बसे । आइकम पढिरहेका बखत पेप्सीकोला कम्पनीमा सानोतिनो जागिर पाए । त्यो जागिरले भने ठूलै राहत मिल्यो उनलाई ।

ब्यवसायिक संलग्नता

अटोमोबाइल, ब्याङ्किङ र वित्त, उर्जा, विप्रेषण, पस्मिनाजन्य उत्पादनको निर्यात, पर्यटन जस्ता विविध क्षेत्रमा लगानी गरेको आई एम ई समूह उनको स्वामित्वमा रहेको छ। उक्त समूह अन्तर्गत हाल निम्न संस्थाहरू संचालनमा रहेका छन्।

आई एम ई अटोमोटिभ्स प्राइभेट लिमिटेड, ग्लोबल आई एम ई ब्याङ्क लिमिटेड, इलाईट क्यापिटल लिमिटेड, वर्ल्डवाइड इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड, हिमालयन पावर पार्टनर प्राइभेट लिमिटेड (जसमा ढकाल अध्यक्ष रहेका छन् ।

यस्तै, माउन्टेन इनर्जी नेपाल प्राइभेट लिमिटेड, आई एम ई अक्सिजन प्राइभेट लिमिटेड, इन्टरनेसनल मनी एक्स्प्रेस
सि एम ट्रेडिङ, अक्रस ट्राभल्स एण्ड टुर्स प्राइभेट लिमिटेड रहेका छन् ।

सम्बन्धित खवर

Back to top button