मकै पाेलेर बेच्नु रहर हाेइन्
रहरले गर्ने काम भन्दा कहरले गर्नुपर्ने काम धेरै फरक हुन्छ । रहरले गर्ने काम प्राय मनाेरञ्जन दिने खालका हुन्छन् । आफैलाई पनि जाँगर चल्छ गराैं गराैं लाग्छ । बा’ध्यताले गर्ने काम मन नलागी नलागी गरिन्छ । इच्छा नहुँदा पनि गर्नुपर्ने हुन्छ । यस्तै बा’ध्यताले पाेलेकाे मकै बेच्न बसकी एक किसान महिलाकाे कथा प्रस्तुत गर्न गहीरहेका छाैं । मकै पाेलेर बेच्नु रहर हाेइन् तर नबेचेर चल्दै सास, रहँदैन प्राण । यहीँ प्राण धान्न सहरका चाेकचाेकमा मकै पाेलिरहेका हुन्छन् किसानहरु । चुतिया ग्राहक र मनकारी मकै पाेलेर बेच्ने किसानकाे मनाेदसा यस्ताे छ ।
पोलेको मकै किन्न आएकी केटीले भनिन् एउटा मकै को कति पर्छ ? मकै बिक्रेताले जवाफ दिए – एउटाको १० रुपैया ! केटिले- भनिन् मलाई १५ रुपैयाँमा दुईवटा मकै दिनुहोस् ! बिक्रेता – बिहान देखि एउटापनी बिक्री भको छैन ठिक छ १५ रुपैया मा २ वटा मकै लानुहोस् !
केटीले चिठ्ठा परेको जसरी खुशी हुदै मकै लिएर आफ्नो पार्क गरेको गाडी तर्फ लागिन ! र , एउटा मकै साथिलाई दिइन् र एउटा आफैंसंग राखिन र भनिन १० रुपैयाँ गोटा भन्दै थ्यो १५ मा दुईवटा ल्याकी छु ! ती दुबैजना केटिहरु नजिकैको रेस्टुरेन्टमा गए खानेकुरा अर्डर गरे आधा खाए आधा त्यही छाडेर काउन्टरमा गए र बिल बुझाए बिलमा ४५० थियो ५०० दिए र ५० टिप्स राख्नु भन्दै केटिहरु त्यहाँबाट हिंडे !
धनी रेस्टुरेन्ट मालिकको लागि ५० रुपैयाँ टिप्स सामान्य थियो ! तर ति मकै बेच्ने वालाको लागि ५ रुपैयाँ नै ठूलो ! गरिब किसानको मकै किन्दा ५ रुपैयाँ कममा मकै पाउदा संसार नै जितेको महसुस गर्ने अनि धनी रेस्टुरेन्ट वाला लाई टिप्स दिनै नपर्ने ठाउँमा किन यति धेरै उदार..? कतै तपाई हामीबाट पनि सडकमा मकै,तरकारी,फलफुल इत्यादी किन्दा यस्तै व्यवहार त भईरहेको छैन ?
(सामाजिक सञ्जाल फेसबुकबाट साभार) मन परे सेयर गर्नुस् ।