सुनको मूल्य ओरालो लाग्यो

काठमाडौं : यो वर्ष उच्च विन्दुमा पुगेको सुनको मूल्य ओरालो लागेको छ । पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरा’वट आएको हो । बुधबार र बिहीबार लगातार ओरालो लागेको सुनको मूल्य शुक्रबार प्रतितोला ३०० ले गिरा’वट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

बिहीबार छापावाला सुन प्रतितोला ७२ हजारमा खरिद बिक्री भएको थियो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ४ स रुपैयाँ निर्धा’रण गरिएको छ ।

बिहीबार तेजाबी सुन प्रतितोला ७१ हजार ७ सयमा कारोबार भएको थियो । सुनको मूल्य घ’टे पनि चाँदीको मूल्य भने यथावत् रहेको छ । शुक्रबार चाँदी प्रतितोला ८५० मा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button