आन्दोलनकारीमाथि थप कडाइ हङकङ प्रहरीद्वारा

कोहलपुर

२०७६,पुस १०

६ महिनादेखि जारी सरकार विरोध प्रर्दशन नरोकिएपछि हङकङ प्रहरीले आन्दोलनकारीमाथि थप कडाइ गर्न थालेको छ ।

प्रजातन्त्रको समर्थकहरूले जारी राखेको आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रहरीले बल प्रयोग गर्दा पछिल्लो ६ महिनामा दर्जनौं घाइते भएका छन् । प्रदर्शनमा उत्रिएकाहरू माथि प्रहरीले बल प्रयोग गरेको छ । आन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरी पेट्रोल बम प्रहार गरेपछि प्रहरीको दमन बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विवादास्पद विधेयकको विरोधमा सुरु भएको आन्दोलनका क्रममा प्रहरीले गरेको अत्यधिक दमनको छानविन गर्न माग गर्दै पछिल्ला दिनहरूको प्रदर्शन हुन थालेको बीबीसीले जनाएको छ । तर आन्दोलनकारीले बैंक तथा निजी व्यापारीक भवनहरुमथि तोडफोड गर्न थालेपछि त्यसको सुरक्षाका लागि बल प्रयोग गर्नुपरेको सुरक्षाकर्मीको दावी छ ।

सम्बन्धित खवर

Back to top button